back
CTIZAN AD

कमलपोखरीका लागि काम गरेको विवरण पठाउन भन्दै गगन थापालाई मेयर शाक्यले लेखे यस्तो पत्र

वि.सं.२०७७ माघ १६ शुक्रवार

699 

shares

१६ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले कमलपोखरी पुनः निर्माण रोक्न भन्दै काठमाडौंका महानरगरपालिकाका मेयर विद्या शुन्दर शाक्यलाई पठाएको पत्रको जवाफ महानगरले दिएको छ ।

युवानेता थापाले पुस २६ गते हाल पुनर्निर्माणको कार्य भइरहेको कमल पोखरीको काम तत्काल रोक्न र पोखरीको डिजाइन पनि पठाउन भन्दै पठाएको पत्रको जवाफ दिँदै महानगरले थापाबाट कमलपोखरीका लागि विगतमा भएका कार्यको विवरणको माग पनि गरेको हो ।

थापाको पत्रको झण्डै २ सातापछि उत्तर दिँदै मेयर शाक्यले लेखेको पत्रमा भनिएको छ, ‘२०७६ असारबाट निर्माण सुरु भएको कमलपोखरीको डिजाइन तपाई समेतसँग पटक-पटक भएको छलफल तथा अन्तरक्रियाबाट अन्तिम भई कार्यान्यवनमा आएको स्पष्ट छ । कमलपोखरीको विकास तथा सुधारमा तपाईबाट समेत विगतमा धेरै कार्यहरु गरिएको भन्ने कुरा छलफलका क्रममा तपाईबाट नै अभिव्यक्त भएको थियो । तपाईको पहलबाट विगतमा कमलपोखरी परिसरमा भएका विकास र सुधारका कार्यहरुको विवरण उपलब्ध गराइ सहयोग गरिदिनुहुन अनुरोध गर्दछु ।’

त्यसैगरी महानगरले पुरातात्व विभागलाई पनि पत्र लेखेको छ । विभागबाट प्राप्त भएको पत्रमाथि ध्यानाकर्षण भएको जनाउँदै महानगरपालिकाका विभागीय प्रमुख महेश काफ्लेले कार्यालयबाट टेण्डरमार्फत् दुई वर्षदेखि भइरहेको कमलपोखरी निर्माणको कामको बारमो महानगरसँग कुनै राय परामर्श नगरी एक पक्र्षय रुपमा विभागबाट भएको पत्राचारले सरकारी निकायबीच समन्वय नभएको सन्देश प्रवाह भएको बताएका छन् ।


‘तहाँबाट भएको पत्राचारले पुरातात्विक तथा धार्मिक महत्वको स्मारकहरुको संरक्षण गर्न यस महानगरपालिकाको अभियानमा अवरोध सिर्जना हुने देखिन्छ,’ प्रमुख काफ्लेले विभागलाई लेखेको पत्रमा भनिएको छ, ‘यसप्रकारसको समन्वयको अभावले कमलपोखरी समयमा निर्माण हुन नसकी खर्चमा बढोत्तरी हुने हुँदा कुनैपनि पत्राचार पूर्व समन्वय, छलफल र सहकार्य गर्नुहुन २०७७÷१०÷६ को निर्णयअनुसार अनुरोध गर्दछु ।’

कमलपोखरीको पुनर्निर्माण रोक्न नेता गगन थापाले लेखे महानगरलाई पत्र

वि.सं.२०७७ माघ १६ शुक्रवार १५:२९ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत...