back
CTIZAN AD

कतार टी २० सिरिजको बन्द प्रशिक्षणका छानिए यी खेलाडी

वि.सं.२०७७ माघ १७ शनिवार

600 

shares

१७ माघ, काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले कतारमा हुने टी २० क्रिकेटका लागि बन्द प्रशिक्षणमा सहभागी गराउन १८ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ ।

बन्द प्रशिक्षणका लागि विनोद भण्डारी, सन्दीप जोरा, आसिफ शेख, कुशल भुर्तेल, सागर ढकाल, विवेक यादव, सौरभ खनाल, भुवन कार्की, कुशल मल्ल, लोकेश बम, कमलसिंह ऐरी, अभिनास बोहरा, दीपेन्द्रसिंह ऐरी, पवन सरार्फ, कृष्ण कार्की, सोमपाल कामी, करण केसी र साहब आलमको नाम सार्वजनिक गरिएको छ । यादव पहिलो पटक बन्द प्रशिक्षणका लागि छनोटमा परेका हुन् । टोलीमा कप्तान ज्ञानेन्द्र मल्ल, पारस खड्का, सन्दीप लामिछाने, शरद भेषावकर र वसन्त रेग्मी परेका छैनन् । कतार टी २० प्रतियोगिता यही माघ २७ देखि माघ ३० गतेसम्म सञ्चालन हुनेछ ।

नेपालले कतारसँग पहिलो मैत्रीपूर्ण खेल माघ २७ गते, दोस्रो खेल माघ २८ गते तथा तेस्रो खेल माघ ३० गते खेल्ने तय भएको क्यानले जनाएको छ । हाल युनाइटेड अरब इमिरेट्स (युएई) मा टी १० लिग खेलिरहेका करण केसी, सोमपाल कामी र कुशल मल्ल सिधै कतार जानेछन् । नयाँ प्रशिक्षकका रूपमा अस्टे«लियाका डेभ ह्वाटमोर आएपछि नेपालले पहिलो पटक टी २० सिरिज खेल्न लागेको हो । उक्त सिरिजका लागि सोमबारदेखि बन्द प्रशिक्षण सुरु हुनेछ ।

वि.सं.२०७७ माघ १७ शनिवार ०८:२९ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...