back
CTIZAN AD

आगो ताप्नेक्रममा जलेर १०१ वर्षीया वृद्धाको मृत्यु

वि.सं.२०७७ माघ १७ शनिवार

639 

shares

१७ माघ,खोटाङ । आगो ताप्नेक्रममा शरीर जलेर गम्भीर घाइते भएकी खोटेहाङ गाउँपालिका–७ खोटाङ बजारस्थित धनमुढाकी १०१ वर्षीया हिमादेवी अधिकारीको शुक्रबार मृत्यु भएको छ । गाईवस्तुलाई खोले पकाउन बालिएको आगो ताप्ने क्रममा शुक्रबार बिहान लुगामा आगो सल्किएर शरीर नै जलेपछि गम्भीर घाइते भएकी हिमादेवीको उपचारको क्रममा मृत्यु भएको हो ।

शरीरमा लगाएको लुगाबाट सल्किएको आगोले जलेर गम्भीर घाइते भएकी हिमादेवीको घरैमा स्वास्थ्यकर्मी झिकाएर उपचार गराउने क्रममा मृत्यु भएको वडाध्यक्ष शिवप्रसाद फुयाँलले बताए । मृतक हिमादेवी सो गाउँपालिकाभरिकै सबैभन्दा ज्येष्ठ नागरिक थिइन् ।

वडाध्यक्ष फुयाँलका अनुसार वृद्धावस्थामा पुगेका कारण हिमादेवी लामो समयदेखि बोल्न असमर्थ थिइन्। लुगा डढेको गन्धका आधारमा आफन्तले थाहा पाएपछि हिमादेवीलाई जलिरहेको अवस्थामा उद्धार गरेका थिए ।

हिमादेवीको मृत्यु भएको बारेमा थप जानकारी आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक गोविन्द साहले बताए । मृतक हिमादेवीको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी पठाइएको गाउँपालिका प्रमुख प्रदीप राईले जानकारी दिए । (रासस)

वि.सं.२०७७ माघ १७ शनिवार ०८:४९ मा प्रकाशित

पाथीभराको भेटी एक करोड छ लाख

पाथीभराको भेटी एक करोड छ लाख

फुङ्लिङ (ताप्लेजुङ) । पाथीभरा देवीस्थानमा एक महिनामा रु एक करोड...

पाँचथरका छ विद्यालयको नतिजा ‘ननग्रेडेड’

पाँचथरका छ विद्यालयको नतिजा ‘ननग्रेडेड’

पाँचथर । हालै प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसइई) को मा...

कचनकबलको सिमखेतमा ‘सेतो सुन’को खेती

कचनकबलको सिमखेतमा ‘सेतो सुन’को खेती

झापा । मुलुकको सबैभन्दा होचो भू–भागका रूपमा परिचित झापाको कचनकबलका...

लेक लागेर सगरमाथा आरोहीको निधन

लेक लागेर सगरमाथा आरोहीको निधन

सोलुखुम्बु । सगरमाथा आरोहणमा जाने क्रममा लेक लागेर एक जनाको...

खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव

खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव

खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकामा आगामी जेठ पहिलो साता ‘हनी...

करेन्ट लागेर, भीरबाट लडेर दुई जनाको मृत्यु

करेन्ट लागेर, भीरबाट लडेर दुई जनाको मृत्यु

खोटाङ । करेन्ट लागेर र भीरबाट लडेर खोटाङमा एकै दिन...