back
CTIZAN AD

प्रधानमन्त्री कप : उपाधिका लागि एपीएफ र त्रिभुवन आर्मी क्लब खेल्दै

वि.सं.२०७७ माघ १७ शनिवार

621 

shares

१७ माघ, काठमाडौं । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लब चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेटको उपाधिका लागि अहिले केहीबेरमा भिड्ने भएका छन् । दुवै विभागीय टोलीले फाइनलमा स्थान बनाएपछि गरेपछि आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा उपाधिका लागि प्रतिस्पर्धा गर्न लागेका हुन् । एपीएफले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ । अहिले आर्मीले ब्याटिङ गरिरहेको छ ।

प्रारम्भिक ब्याट्सम्यान सुशन भारी र अनिल मण्डल एपीएफका बलरको सामना गरिरहेका छन् । एपीएफको कप्तानी शरद भेषवाकरले तथा आर्मीको नेतृत्व विनोद भण्डारीले गरिरहेका छन् ।

एपीएफले नेपाल पुलिस क्लबलाई तथा आर्मीले वाग्मती प्रदेशलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । समूह ‘ए’ मै रहेका दुवै टोली अन्ततः फाइनल प्रवेश गर्न सफल भएका थिए । एपीएफ समूह विजेता तथा आर्मी उपविजेता बनेको थियो । अहिलेसम्मको खेल प्रदर्शनका आधारमा आर्मीभन्दा एपीएफ बलियो टोली मानिएको छ ।

राष्ट्रिय खेलकूद परिषद् (राखेप) को आर्थिक सहयोग तथा नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताको विजेताले रु १० लाख तथा उप विजेताले रु पाँच लाख पुरस्कार पाउने छ ।

वि.सं.२०७७ माघ १७ शनिवार ११:२२ मा प्रकाशित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

असारमा वाणिज्य बैंकहरूको ब्याजदरमा सामान्य कटौती, अधिकांश बैंकले पुरानै दर कायम राखे

असारमा वाणिज्य बैंकहरूको ब्याजदरमा सामान्य कटौती, अधिकांश बैंकले पुरानै दर कायम राखे

काठमाडौँ । असार २०८३ का लागि वाणिज्य बैंकहरूले सार्वजनिक गरेको...

काठमाडौं महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने

काठमाडौं महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने

  काठमाडौं । फोहोर नि:शुल्क, सशुल्क, न्यूनीकरण, सिर्जनात्मक पुन: चक्रीय...

लुम्बिनीको बजेट सोमबार

लुम्बिनीको बजेट सोमबार

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को...

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष...