१८ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अनलाइन फारम भर्न कठिनाइ भएको र फारम भर्न नसकेका क्याम्पसहरुका लागि जरुरी सूचना जारी गरेको छ ।
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्धारा प्रकाशित स्नातकतह दोस्रो वर्षको परीक्षा आवेदन फारम अनलाइन विधिको माध्यमबाट भराउन सम्बन्धीत क्याम्पसलाई सुचित गरिसकेको अवस्थामा फारम भर्न असहज भएकोहरुका लागि यस्तो सूचना जारी गरिएको हो ।
‘त्रिभुवन बिश्वबिद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा प्रकाशित स्नातकतह दोस्रो बर्षका परीक्षा आबेदन फाराम अनलाइन बिधिको माध्यमबाट भराउन संबंधित क्याम्पसलाई सूचित गराइसकेको छ । केहि क्षेत्रमा फाराम भर्न समस्या आयो भन्ने खबर प्राप्त भएकोले उक्त समस्या समाधानका लागि प्रक्रिया शुरु भैसकेकोले एकल तथा दोब्बर शुल्कका आबेदन फाराम संबंधित क्याम्पसबाट भर्न लगाइ फारामको सम्पूर्ण शुल्क बुझाएको बैंक भौचर सहित यही मिति २०७७ माघ २३ गतेभित्र संबंधित परीक्षा नियन्त्रण कार्यालयमा बुझाउन सूचित गरिन्छ ।’ सूचनामा भनिएको छ ।
वि.सं.२०७७ माघ १८ आइतवार १४:०२ मा प्रकाशित






























