back
CTIZAN AD

‘स्टार क्रिकेट २०२१’ टुर्नामेन्ट हुँदै, धुर्मुस सुन्तली बीच पनि प्रतिश्पर्धा हुने

वि.सं.२०७७ माघ १८ आइतवार

657 

shares

१८ माघ, काठमाडौं । गृष्मा ब्रोडकास्टिङको आयोजनामा रङ्गशाला निर्माणार्थ आर्थिक सङ्कलनका लागि ‘स्टार क्रिकेट २०२१’ टुर्नामेन्ट आयोजना हुने भएको छ ।
कलाकारद्वय सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’को अगुवाइमा धुर्मुस सुन्तली फाउण्डेसन र भरतपुर महानगरपालिकाको सहकार्यमा निर्माण भइरहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणार्थ आर्थिक सहयोग संकलनका लागि आयोजना हुने उक्त टुर्नामेन्टमा फिल्म, संगीत र खेलकुदका ४० भन्दा बढी सेलेव्रिटी हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
टुर्नामेन्टमा दुई समूह बाँडिएको छ । दुई समूहलाई धुर्मुस र सुन्तलीले नेतृत्व गर्ने छन् भने मैदानमा धुर्मुस सुन्तलीबिच समेत प्रतिस्पर्धा हुनेछ ।
एक दिवसीय मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा दयाहाङ राई, प्रमोद खरेल, सन्दीप क्षेत्री, दीपक विष्ट, श्रृंखला खतिवडा, बेनिशा हमाल, संगीना वैद्य, प्रशान्त ताम्राकार, पारस खड्का, रवि ओड, ज्ञानेन्द्र मल्ल, विनोद भण्डारीलगायतले क्रिकेट खेल्ने छन् । टुर्नामेन्ट माघ २४ गते चितवनको निर्माणाधीन रङ्गशालामा हुनेछ ।
टुर्नामेन्टबाट उठेको सम्पूर्ण रकम रङ्गशालाको निर्माणमा प्रदान गरिने आयोजकले बताएका छन् ।

वि.सं.२०७७ माघ १८ आइतवार १३:४६ मा प्रकाशित

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

काठमाडौँ । असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार...

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...