back
CTIZAN AD

काँग्रेसको भातृ संस्थाहरुले एकैसाथ गरे संयुक्त अपिल

वि.सं.२०७७ माघ १८ आइतवार

1K 

shares

१८ माघ, काठमाडौँ । नेपाली काँग्रेसको विभिन्न भातृ संस्थाहरुले माघ १९ को प्रदर्शनमा सहभागिता जनाउन सबैसँग आग्रह गर्दै संयुक्त अपिल जारी गरेका छन् ।

प्रधानमन्त्री के.पी. शर्मा ओलीको असंवैधानिक सिफारिसमा गरिएको प्रतिनिधि सभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम विरुद्धमा भोलि (माघ १९ गते) पार्टीले आह्वान गरिएको प्रदर्शनमा सहभागिता जनाउँन अपिल गर्दै कांग्रेसका १३ वटै भातृ संस्थाहरूले संयुक्त अपिल गरेका हुन् ।

‘संसद विघटन मार्फत सर्वसत्तावाद उन्मुख कदम, चरम भ्रष्टाचार, कुशासन, कोभिड विरुद्धको संघर्षमा देखिएको अकर्मण्यता, जनसरोकारका बिषयमा सरकारी उदासिनता यी समग्र मुद्दालाई अघि सारेर हुने भोलिको प्रदर्शनमा सहभागी बन्न देशभरका हाम्रा सबै सदस्य, समर्थक, शुभचिन्तक एवं समस्त जनसमुदायमा हामी हार्दिक आग्रह गर्दछौं ।’ अपिलमा भनिएको छ ।

यी हुन् प्रेस विज्ञप्ति जारी गर्ने भातृ संस्थाहरु :
क्र.सं. संस्था अध्यक्ष/सभापति
१) नेपाल महिला संघ उमा रेग्मी
२ ) नेपाल तरुण दल जीतजंग बस्नेत
३) नेपाल विद्यार्थी संघ राजीव ढुंगाना
४) नेपाल प्रजातन्त्र सेनानी संघ टंकप्रसाद शर्मा कँडेल
५) नेपाल किसान संघ भानुभक्त सिग्देल
६) नेपाल दलित संघ मीनबहादुर विश्वकर्मा
७) नेपाल भूतपूर्व सैनिक संघ कर्णेल धनबहादुर मास्की राना
८) नेपाल आदिवासी जनजाति संघ इन्द्रबहादुर गुरुङ्ग
९) राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ भोजराज श्रेष्ठ
१०) नेपाल मुस्लिम संघ अब्दुल सतार
११) नेपाल तामाङ्ग संघ कवेलबहादुर लामा
१२) नेपाल राष्ट्रिय मगर संघ ओम थापा मगर
१३) नेपाल ठाकुर समाज अनिरुद्ध्प्रसाद ठाकुर

वि.सं.२०७७ माघ १८ आइतवार १६:०० मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत...