back
CTIZAN AD

म्यानमारमा एकाबिहानै सैनिक कू

वि.सं.२०७७ माघ १९ सोमवार

678 

shares

१९, माघ । म्यानमारको सेनाले एकाबिहानै सैनिक कू गरेको छ ।

अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएअनुसार म्यानमारी सेनाले सत्तारुढ दल नेशनल लिग फर डेमोक्रेसी(एनएलडी)की नेतृ आङसाङ सूकिलाई नियन्त्रणमा लिएको छ । त्यस्तै सैनिकले जननिर्वाचित सांसदलाई नियन्त्रणमा लिएको छ भने मन्त्री सबै नियन्त्रणमा छन्।

राजधानी र प्रमुख शहरका संचारसम्पर्क विच्छेद गर्न सुरु गरिएको छ। राजधानी नेपिद्अ र मुख्य सहर यानगुनका सडकमा सेनाहरू गस्तीमा निस्किएका छन् ।

गत नोभेम्बरमा सम्पन्न निर्वाचनमा सूकिको पार्टीले सरकार गठन गर्न पर्याप्त सिट जिलेको थियो, तर सेनाले निर्वाचनमा धाँधली भएको बताउँदै आएको छ र उक्त चुनावी परिणामलाई अस्वीकार गर्दै आएको छ ।

म्यानमार, जसलाई बर्मा पनि भनिन्छ यसअघि पनि २०११ सम्म सेनाले शासन गरेको थियो। सुकी धेरै वर्ष घरभित्रै नजरबन्दमा थिइन् ।
नवनिर्वाचित तल्लो सदन सोमबार पहिलो पटक भेला हुने थियो तर सेनाले त्यसलाई स्थगनको लागि आह्वान गरेको थियो ।

वि.सं.२०७७ माघ १९ सोमवार ०७:५१ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत...