back

डा बाबुराम भट्टराईको स्वागतमा जुट्दै भारत

वि.सं.२०७३ माघ १० सोमवार

714 

shares

नयाँ शक्ति नेपालको अन्तरास्ट्रिय बिभाग अन्तर्गत भारत स्थित सक्रिय बृहत संगठन अन्तरास्ट्रिय नेपाली समाज भारतले हरियाणा राज्यको सोनीपतमा केन्द्रिय परिषद र सचिवालय सहितको पुर्ण बिस्तारित् बैठक भब्य र सभ्य रुपमा सम्पन्न गरेको छ।  नयाँ शक्ति नेपालका अन्तरिम परिसद सदस्य एवं भारत प्रवासका संयोजक मोहन राउतको संयोजकतोमा बसेको उक्त बैठक आगामी डिसेम्बर महिनाको ११ र १२ तारिकमा नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईको बिशेस उपस्थिति र अन्तरास्ट्रिय नेपाली समाज भारतको आयोजनामा भारतको नयाँ दिल्ली स्थित रोहिणी (रोहिणी मेट्रो नजिकै) मा हुने भारत ब्यापी बृहत जन सभालाइ कसरि सफल बनाउने भन्ने बिषयमा केन्द्रित रहयो।

अन्तरास्ट्रिय नेपाली समाज भारत केन्द्रिय परिसद, सचिवालय, बिद्यार्थी संघ र विभिन्न राज्य समिति बाट उपस्थित सम्पूर्ण प्रतिनिधिहरुले आफ्नो क्षत्रमा भएका प्रगति विवरण पेस गर्दै आगामी ११ र १२ डिसेम्बरमा हुने कार्यक्रमलाइ सफल बनाउने प्रतिबद्दता जाहेर गरे। कार्यक्रम संयोजक मोहन राउत ज्युले पेस गर्नुभएको आगामी बृहत राष्ट्रिय जन भेलाका कार्य योजनाहरु प्रति सबैले समिक्षा गर्दै ब्यबस्थापनको लागि विभिन्न बिभाग सहित कार्य बिभाजन गरिएको छ। कार्यक्रमको अन्त्यमा संयोजकले उक्त कार्यक्रम भब्य र सभ्य बनाउनको लागि सम्पूर्ण भारत प्रवासमा रहनु हुने नेपाली जनसमुदाय, मजदुर, ब्यबसाई, बिद्यार्थीहरुबाट सहयोग र समर्थनको अपिल गर्नु भएको अन्तर्राष्ट्रिय विद्यार्थी संघ भारतका संयोजक बादल बस्नेतले जानकारी दिए ।

वि.सं.२०७३ माघ १० सोमवार १४:५७ मा प्रकाशित

Himalayan Life AD
अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

युएई । अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युनाइटेड अरव इमारातमा नेपालको...

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएई । नेपाली दूतावास युएईले पछिल्लो समय नेपालीका लागि बन्द...

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

प्रेम परियार, नर्वे । प्रवास नेपाली सम्पर्क विभाग (राष्ट्रिय स्वतन्त्र...