back

जर्मनी मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाको मर्मत गर्न इच्छुक

वि.सं.२०७३ माघ १० सोमवार

471 

shares
GLOBAL IME AD
NTC AD

१० माघ, काठमाडौँ  । जर्मनीले मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाको मर्मत एवम् पर्यटन तथा सांस्कृतिक सम्पदा संरक्षणमा चासो देखाएको छ ।

वाणिज्यमन्त्री रोमी गौचन थकालीलाई नेपालका लागि जर्मनेली राजदूत माथिया मेयेरले आज भेटी जलविद्युत् आयोजनाको मर्मतसम्भार गर्न जर्मनेली सरकार तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभएको मन्त्रालयका उपसचिव रामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।
राजदूतले जर्मनी नेपालको व्यापार, पर्यटन र सांस्कृतिक सम्पदा संरक्षण, शिक्षा र स्वास्थ्यलगायत विविध क्षेत्रमा सहयोगका लागि इच्छुक रहेको पनि बताउनुभयो ।

नेपाल र जर्मनीबीच पर्याप्त सम्भावना भएका व्यापार, लगानी, कृषि र पर्यटनका क्षेत्रबाट लाभ हासिल गरी दुई देशको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा पनि छलफल भएको थियो ।

वाणिज्यमन्त्री थकालीले संविधान निर्माणपछि नेपालले आर्थिक समृद्धिको लक्ष्य हासिल गर्ने दिशामा कानुनी, नीतिगत एवम् प्रक्रियागत सुधारका क्षेत्रमा काम गरिरहेको बताउनुभएको थियो ।

वि.सं.२०७३ माघ १० सोमवार १४:३२ मा प्रकाशित

अवरुद्ध बिपी राजमार्ग १६ घण्टापछि सञ्चालनमा

अवरुद्ध बिपी राजमार्ग १६ घण्टापछि सञ्चालनमा

धुलिखेल । अवरुद्ध बिपी राजमार्ग १६ घण्टापछि पुनः सञ्चालनमा आएको...

सगरमाथा संवादमा १७५ विदेशी विशिष्ट पाहुना

सगरमाथा संवादमा १७५ विदेशी विशिष्ट पाहुना

काठमाडौँ । नेपाल सरकारले आगामी जेठ २ देखि ४ गतेसम्म...

कानुन र नीतिगत सुधारलाई प्राथमिकता : गृहमन्त्री लेखक

कानुन र नीतिगत सुधारलाई प्राथमिकता : गृहमन्त्री लेखक

विराटनगर । गृहमन्त्री रमेश लेखकले वर्तमान सरकारले कानुन र नीतिगत...

दोहोरो अङ्कले घट्यो नेप्से, नौ अर्ब ६३ करोड ४८ लाखको कारोबार

दोहोरो अङ्कले घट्यो नेप्से, नौ अर्ब ६३ करोड ४८ लाखको कारोबार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा दोहोरो अङ्कको गिरावट...

नागरिक पेन्सन योजना सञ्चालन गर्न लगानी कोष र गोदावरी नगरपालिकाबीच सम्झौता

नागरिक पेन्सन योजना सञ्चालन गर्न लगानी कोष र गोदावरी नगरपालिकाबीच सम्झौता

काठमाडौं । नागरिक पेन्सन योजना सञ्चालन गर्ने सम्बन्धमा नागरिक लगानी...

कारको ठक्करबाट बालकको मृत्यु

कारको ठक्करबाट बालकको मृत्यु

सिन्धुली । दुधौली नगरपालिका–८ खोरभञ्ज्याङमा कारको ठक्करबाट एक बालकको मृत्यु...