back
CTIZAN AD

डा बाबुराम भट्टराईको स्वागतमा जुट्दै भारत

वि.सं.२०७३ माघ १० सोमवार

930 

shares

नयाँ शक्ति नेपालको अन्तरास्ट्रिय बिभाग अन्तर्गत भारत स्थित सक्रिय बृहत संगठन अन्तरास्ट्रिय नेपाली समाज भारतले हरियाणा राज्यको सोनीपतमा केन्द्रिय परिषद र सचिवालय सहितको पुर्ण बिस्तारित् बैठक भब्य र सभ्य रुपमा सम्पन्न गरेको छ।  नयाँ शक्ति नेपालका अन्तरिम परिसद सदस्य एवं भारत प्रवासका संयोजक मोहन राउतको संयोजकतोमा बसेको उक्त बैठक आगामी डिसेम्बर महिनाको ११ र १२ तारिकमा नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईको बिशेस उपस्थिति र अन्तरास्ट्रिय नेपाली समाज भारतको आयोजनामा भारतको नयाँ दिल्ली स्थित रोहिणी (रोहिणी मेट्रो नजिकै) मा हुने भारत ब्यापी बृहत जन सभालाइ कसरि सफल बनाउने भन्ने बिषयमा केन्द्रित रहयो।

अन्तरास्ट्रिय नेपाली समाज भारत केन्द्रिय परिसद, सचिवालय, बिद्यार्थी संघ र विभिन्न राज्य समिति बाट उपस्थित सम्पूर्ण प्रतिनिधिहरुले आफ्नो क्षत्रमा भएका प्रगति विवरण पेस गर्दै आगामी ११ र १२ डिसेम्बरमा हुने कार्यक्रमलाइ सफल बनाउने प्रतिबद्दता जाहेर गरे। कार्यक्रम संयोजक मोहन राउत ज्युले पेस गर्नुभएको आगामी बृहत राष्ट्रिय जन भेलाका कार्य योजनाहरु प्रति सबैले समिक्षा गर्दै ब्यबस्थापनको लागि विभिन्न बिभाग सहित कार्य बिभाजन गरिएको छ। कार्यक्रमको अन्त्यमा संयोजकले उक्त कार्यक्रम भब्य र सभ्य बनाउनको लागि सम्पूर्ण भारत प्रवासमा रहनु हुने नेपाली जनसमुदाय, मजदुर, ब्यबसाई, बिद्यार्थीहरुबाट सहयोग र समर्थनको अपिल गर्नु भएको अन्तर्राष्ट्रिय विद्यार्थी संघ भारतका संयोजक बादल बस्नेतले जानकारी दिए ।

वि.सं.२०७३ माघ १० सोमवार १४:५७ मा प्रकाशित

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...