back
CTIZAN AD

प्रतक्ष्य निर्वाचित कार्यकारीको पक्षमा दिल्लीबाट हस्ताक्षर अभियान

वि.सं.२०७३ माघ १० सोमवार

864 

shares

naya-shakti-bharat-ma-dabab-creation-2“भारतको नयाँ दिल्लीबाट प्रतक्ष्य निर्वाचित कार्यकारीको लागि हस्ताक्षर अभियान” नयाँ शक्ति नेपाल निकट अन्तरास्ट्रिय नेपाली विद्यार्थी संघ-भारतले गत डिसेम्बर महिनाको १० तारिकका दिन सुरु गरेको प्रतक्ष्य निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक व्यबस्थापिका संसदको माग राख्दै दवाब मुलक हस्ताक्षर अभियानलाई निरन्तरता दिंदै आज जनवरी २२, २०१७ का दिन हस्ताक्षर संकलन अभियान तथा निरन्तर भेलाको आयोजना गरेको छ।

संघका संयोजक बादल बस्नेतको सभापतित्व, नयाँ शक्ति नेपालका केन्द्रिय सदस्य कृष्ण राज गैरे र अन्तरास्ट्रिय नेपाली समाज भारत संयुक्त दिल्ली राज्य समिति संयोजक रमेश शर्माको बिसेष उपस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रममा भारतमा रहेर सिए र अन्य बिषय अध्ययन गर्ने विद्यार्थीहरुको उत्साह जनक उपस्थिति रहेको थियो।

संघका संस्थापक सदस्य तथा नयाँ शक्ति नेपालका सक्रिय अभियन्ता राजु भट्टराईले संचालन गरेको उक्त कार्यक्रममा उपस्थित सम्पूर्ण विद्यार्थीहरुले प्रतक्ष्य निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक व्यबस्थापिका संसदको खुलेर समर्थन गर्नुका साथै यसलाई अझै ब्यापक रुपमा भारत भरिनै अभियान चलाउनु पर्नेमा पनि जोड दिएका थिए।

देशमा जनताले ठुला ठुला परिवर्तन ल्याए तर अझै पनि जनताले खोजेको जस्तो ससकिय प्रणाली देशमा आएको छैन। जनताले देशमा फू गर्दा ढल्ने सरकार होइन लू लाग्दा पनि नढल्ने सरकारको अपेक्षा गरेको र त्यो  प्रतक्ष निर्वाचित कार्यकारी प्रणालीबाट मात्र सम्भव भएको उनले बताए ।

संबिधान बनाउनु पुर्व देशका प्रमुख दलका नेताहरुले जनता बाट सुझाव बटुलेको नाटक मात्र गरे तर अधिकांस जनताको माग रहेको प्रतक्ष्य निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक व्यबस्थापिका संसदको एजेण्डा भने च्यातेर रद्दीको टोकरीमा मिल्काए र जनभावना बिपरित फेरी पनि संसदीय प्रणाली लादे भन्दै आक्रोश  पोखे।

नयाँ शक्ति नेपालले नेपालमा दवाबमुलक हस्ताक्षर अभियान चलाइरहेको र सो अभियानमा भारत प्रवासबाट आफूहरुले साथ मिलाएको  संयोजक  बस्नेतले जानकारी दिए । माघ महिना भित्र नै अन्तरास्ट्रिय नेपाली समाज र अन्य संघ संस्थाहरुसंग सहकार्य गर्दै भारतका हरेक राज्य पुगेर एक लाख भन्दा बढी हस्ताक्षर संकलन गर्ने लक्ष्य रहेको पनि उनले बताए ।

 

वि.सं.२०७३ माघ १० सोमवार १५:०५ मा प्रकाशित

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...