back
CTIZAN AD

कमल पोखरी विस्तारका क्रममा भत्काइए संरचना

वि.सं.२०७७ माघ १९ सोमवार

702 

shares

१९ माघ, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कमल पोखरी विस्तार योजनाअनुरुप केही कङ्क्रिट संरचना भत्काएको छ । भत्काइएका संरचनामा महानगरीय प्रहरी वृत्त कमल पोखरीको कार्यालय, कमल पोखरी स्पोर्टस् क्लबको भवन र राधे–राधेको सत्संग रहेका छन् ।

कामपाले आइतबार साँझ डोजर लगाएर ती भवन भत्काएको हो । कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार अब चारैतिरका कुनामा काठको कलात्मक मण्डप बनाउने योजना छ । त्यहाँ कङ्क्रिटको प्रयोग गर्दैनौं ।

उनले चर्चा गरे जस्तो पोखरीमा कङ्क्रिट संरचना प्रयोग गर्ने योजना नरहेको पनि दाबी गरे । कङ्क्रिट संरचना भत्काउँदा सम्पदाप्रेमी सुशन बैद्यलगायत पनि कमलपोखरी पुगेका थिए । उनीहरुले ती संरचना बिना जानकारी भत्काएको जनाउँदै अवरोध गर्न खोजेका थिए ।

कामपाले करीब २४ रोपनीको कमलपोखरीलाई ‘सुन्दर बनाउने’ पहल गत २०७६ असारबाट शुरुआत गरेको हो । यसका लागि रु ६ करोड ३६ लाखको ठेक्का पाएको धनञ्जय–कँडेल जेभीले पोखरी वरिपरी सिँढी बनाउने काम जारी राखेको छ । रासस

वि.सं.२०७७ माघ १९ सोमवार १५:५६ मा प्रकाशित

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

धरान (सुनसरी) । सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष...

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जलनबाट घाइते भई निधन...