१९ माघ, काठमाडौं । नेपालमा १ लाख १३ हजार १७५ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशैभरीका १९१ खोप केन्द्रबाट सोमबार बेलुका ४ बजेसम्म १ लाख १३ हजार १७५ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
मन्त्रालयका अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा ४० हजार २७२ जनाले लगाएका छन् । साथै प्रदेश १ मा १५ हजार ३२९ जना, प्रदेश २ मा १५ हजार २४ जना, गण्डकी प्रदेशमा १३ हजार ९२२ जना, लुम्बिनी प्रदेशमा १४ हजार ६४० जना, कर्णाली प्रदेशमा ६,१३१ जना र सुदूरपश्चिम प्रदेशमा ७ हजार ८५७ जनाले खोप लगाएको पनि मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।
वि.सं.२०७७ माघ १९ सोमवार २०:११ मा प्रकाशित






























