back
CTIZAN AD

प्रधानन्यायाधीशको कारण स्थगित भयो संवैधानिक परिषद्को बैठक

वि.सं.२०७७ माघ २० मंगलवार

756 

shares

माघ २०, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषदको बैठक प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको असहमतिका कारण स्थगित भएको छ । ओलीले बुधबार साँझ बोलाएको बैठक जबराको असहमतीसँगै अनिश्चितकालका लागि स्थगित भएको हो ।

प्रधानमन्त्री ओलीले गत मंसिर ३० मा संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याउँदै संवैधानिक निकायहरुमा नियुक्तीको सिफारिस गरेका थिए । जसलाई उनले प्रतिनिधि सभा विघटनको दिन गत पुस ५ सार्वजनिक गरेका थिए ।

जुन निर्णय संसदीय सुनुवाईका लागि संसद सचिवालयमा पठाइएको थियो । तर, सभामुख अग्निप्रसाद सापकोटाले सिफारिस असंवैधानिक भन्दै जस्ताको तस्तै फिर्ता गरिदिए ।

सभामुखले सिफारिस पत्र फिर्ता गरिदिएपछि ओलीले अर्को निर्णय लिन बैठक डाकेका हुन् । तर, प्रधानन्यायाधीश जबराको असहयोगका कारण उक्त बैठक असफल भएको छ ।

जनाइएअनुसार संवैधानिक परिषदसम्बन्धी अध्यादेश र संसद विघटनसम्बन्धी मुद्दामाथि बहस चलिरहेको बेला प्रधानन्यायाधीशले नैतिकताका आधारमा बैठकमा उपस्थित हुन अस्वीकार गरेका हुन् । हाल सर्वोच्चको संवैधानिक इजलासमा संसद विघटनसम्बन्धी मुद्दामाथि बहस छ । जुन इजलासको नेतृत्व स्वंय प्रधानन्यायाधीशले गरिरहेका छन् ।

वि.सं.२०७७ माघ २० मंगलवार १६:४४ मा प्रकाशित

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई) दुबईका...

घाँस आम्दानीको राम्रो स्रोत

घाँस आम्दानीको राम्रो स्रोत

देउखुरी (दाङ) । दाङका किसान वर्सिम घाँसखेती गर्न आर्कषित भएका...

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

काठमाडौँ । सार्वजनिक शिक्षा सुधार अभियान र विद्यालय समायोजनका कार्यक्रम...

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

काठमाडौँ । नेपाल र भारतबीच हालै सम्पन्न अन्तरदेशीय फन्ड ट्रान्सफर...

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

काठमाडौँ । सार्वजनिक लेखा समितिको आजको बैठकमा विद्युतीय सवारी साधन...

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन...