२० माघ, काठमाडौं । नेपालमा मंगलबार (२० माघ) सम्म पिसीआर प्रविधिबाट २० लाख ७८ हजार ९८ वटा कोरोना भाइरस (कोभिड(१९) को नमुना परीक्षण गरिएको छ ।
पछिल्लो २४ घण्टामा देशैभरी पिसीआर प्रविधिबाट २,९४६ नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
त्यसैगरी हालसम्म देशैभरी सक्रिय संक्रमित २४०० जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ८६४ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या १५३६ रहेको छ ।
त्यस्तै देशभरका विभिन्न अस्पतालका आइसीयुमा १२८ जना संक्रमित उपचाररत छन् । मन्त्रालयका अनुसार प्रदेश १ मा २ बागमती प्रदेशमा ३२, गण्डकी प्रदेशमा ६४, लुम्बिनी प्रदेशमा २९ र कर्णाली प्रदेशमा १ जना गरी जम्मा १२८ जना आइसीयुमा उपचाररत छन् ।
त्यसैगरी बागमती प्रदेशमा ११ जना, गण्डकी प्रदेशमा ६ जना, लुम्बिनी प्रदेशमा ३ र कर्णाली प्रदेशमा १ जना गरी जम्मा २१ जना भेन्टिलेटरमा उपचाररत छन् ।
त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला काठमाडौं रहेको छ भने क्वारेन्टिनमा ९५ जना रहेका छन् । साथै शून्य संक्रमित रहेका जिल्ला कालिकोट, रुकुमपश्चिम र मुगु रहेको छ ।
आज थपिएका १७१ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख ७१ हजार २८९ पुगेको छ । साथै आज २५९ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ६६ हजार ८५९ पुगेको छ । कूल संक्रमित मध्ये निको हुनेको यो दर ९८.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाले मात्र निधन भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपालमा हालसम्म कोरोना संक्रमणबाट निधन हुनेको संख्या २०३० रहेको छ ।
आज देशैभरी थपिए १७१ कोरोना संक्रमित, २५९ निको, १ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा १७१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार केही दिनयता कोरोना संक्रमणबाट निधन हुने र संक्रमित हुनेको संख्या घट्दै गएको छ ।
आज देशैभरी गरिएको २,९४६ नमुना परीक्षणमा उपत्यकाका ६५ जनासहित १७१ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेमा महिला ७१ र पुरुष १०० जना रहेका छन् । आज थपिएका १७१ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ७१ हजार २८९ पुगेको छ ।
त्यसैगरी आज देशैभरी २५९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका २५९ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कुलसंख्या २ लाख ६६ हजार ८५९ पुगेको छ । निको हुनेको यो दर ९८.४ प्रतिशत हो ।
त्यस्तै आज देशैभरीमा १ जनामात्र कोरोना संक्रमितको निधन भएको छ । आज थपिएका १ जनासँगै हालसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या २०३० पुगेको छ ।
कति छन् त सस्थागत आइसोलेशनमा ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ८६४ जना कोरोना संक्रमित होम संस्थागत रहेका छन् ।
जसमा प्रदेश १ मा ३, बागमती प्रदेशमा ५७२, गण्डकी प्रदेशमा २९ लुम्बिनी प्रदेशमा १६१, कर्णाली प्रदेशमा ६ र सुदूरपश्चिम प्रदेशमा ९३ जना गरी ८६४ जना विभिन्न अस्पताल तथा संस्थागत आइसोलेशन उपचारत छन् । साथै होम आइसोलेशनमा १५३६ जना रहेको मन्त्रालयले दिएको विवरणमा उल्लेख छ ।
वि.सं.२०७७ माघ २० मंगलवार १६:४० मा प्रकाशित





























