back
CTIZAN AD

प्रचण्ड–नेपाल समूहको बन्द : जनता पैदल, नेता गाडीमा

वि.सं.२०७७ माघ २२ बिहीवार

822 

shares

माघ २२, काठमाडौं । विभाजित नेकपाको प्रचण्ड–नेपाल समूहले आज देशव्यापी आमहड्ताल गरेको छ । आमहड्तालको प्रभाव राजधानी काठमाडौंसहित देशैभरि परेको छ ।

काठमाडौंमा छिटफुट रुपमा मोटरसाईक र केही निजी सवारीका साधन सञ्चालनमा भए पनि सार्वजनिक सवारी साधन भने ठप्प छ । बन्दको प्रभाव बजार व्यवसायमा पनि परेको छ । केहि खाद्यान्न तथा अत्यावश्यकीय बाहेक सबै जसो व्यवसाय बन्द छन् ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सवार गाडी । स्थान : पुल्चोक

आमहड्तालको आव्हान गरेको प्रचण्ड–नेपाल समूहका शीर्ष नेताहरु पनि सडकमा ओर्लिएका छन् । समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल बिहान सडकमा निस्किएका थिए ।

बन्द सफल बनाउन प्रचण्ड पुल्चोक पुगेर आन्दोलनमा सहभागी भएका थिए भने अर्का अध्यक्ष नेपाल कोटेश्वर क्षेत्रमा देखिएका थिए ।

अध्यक्ष माधवकुमार नेपाल स्कुटरमा । स्थान : कोटेश्वर चोक

प्रचण्ड बा १७ च ३०७१ नम्बरको ल्याण्ड कु्रजर गाडी चढेर पुल्चोकसम्म पुगेका थिए भने नेपाल बा ५२ प ५८१४ होण्डा स्कुटर चढेर बन्दको निरिक्षण गरेका थिए । दुवै नेताहरु केही समय सडक प्रदर्शनमा सहभागी भएर निवास तर्फ फर्किएका छन् ।

वि.सं.२०७७ माघ २२ बिहीवार १२:२४ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत सात लाख...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

काठमाडौँ । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६...

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

काठमाडौँ । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा...

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

मध्यविन्दु (नवलपरासी । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर...

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी चापीय रेखा...