back
CTIZAN AD

प्रचण्ड–नेपाल समूहको आजको हड्तालमा कहाँ के भयो ?

वि.सं.२०७७ माघ २२ बिहीवार

849 

shares

२२ माघ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल(प्रचण्ड–नेपाल) समूहले आह्वान गरेको देशव्यापीआजको आमहड्तालको शान्तिपूर्ण रहे पनि केही ठाउँमा धरपकड हुनुका साथै नेताकार्यकर्ताहरु गिरफ्तार गरिएका छन् ।

हामीलाई प्राप्त समाचार अनुसार काठमाडौँमा बिहानै बिहानै नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, हितमान शाक्य पक्राउ परे ।
त्यस्तै कलंकीबाट केन्द्रीय सदस्य अमृता थापा, चाबहिलबाट केकस कृष्ण केसीलगायत अन्य चार जना , बागबजारबाट युवा नेता रमेश मल्ललगायत पक्राउ परे ।

मकवानपुरमा प्रदेश सांसद प्रेम बाहादुर पुलामी गिरफ्तार गरिए ।

तनहुँ दमौलीमा एकदर्जन आन्दोलनकारीलाई गिरफ्तार गरिएको छ । पक्राउ पर्नेमा ओमराज आले मदन, बिष्णु भक्त सिग्देल, श्रीराम कार्की, रामचन्द्र सापकोटा, ईश्वर वस्याल, गजेन्द्र पन्त, भिम वहादुर वि क, रनसिँ नेपाली, डम्बरबहादुर वि क, गोम वहादुर राना, मँगल प्रसाद श्रेष्ठ, गोपाल सुर्खालि, उमानाथ भट्टराई र गोविन्द भट्टराई रहेका छन् ।

जनकपुरमा प्रहरीले नेकपा केन्द्रीय कमिटी सदस्य रामचन्द्र झामाथि आक्रमण गरी गम्भीर घाइते बनाएको छ । जनकपुरको शिव चोकमा प्रहरी र आन्दोलनकारीबीच झडप भएको थियो । घाइते भएका नेता झालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको छ ।
त्यस्तै स्थायी कमिटी सदस्य मातृका यादव पनि प्रहरीले प्रहार गरेको अश्रुग्यासको सेल लागेर घाइते भएका छन् । प्रहरीले त्यहॉ जुलुशको पछाडिबाट ५० औं राउन्ड गोली चलाएको थियो ।

यसैगरी कास्कीमा अनेरास्ववियूका नेता विनायक तिमिल्सिनालाई गिरफ्तार गरिएको छ ।

वि.सं.२०७७ माघ २२ बिहीवार १५:३२ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत...