२२ माघ, काठमाडौं । नेपालमा विहिबार (२२ माघ) सम्म पिसीआर प्रविधिबाट २० लाख ८५ हजार ५७३ वटा कोरोना भाइरस (कोभिड–१९) को नमुना परीक्षण गरिएको छ ।
पछिल्लो २४ घण्टामा देशैभरी पिसीआर प्रविधिबाट २,८७८ नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
त्यसैगरी हालसम्म देशैभरी सक्रिय संक्रमित २,२७७ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ७७० जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या २,२७७ रहेको छ ।
त्यस्तै देशभरका विभिन्न अस्पतालका आइसीयुमा ६१ जना संक्रमित उपचाररत छन् । मन्त्रालयका बागमती प्रदेशमा ३०, गण्डकी प्रदेशमा ५, लुम्बिनी प्रदेशमा २४ र कर्णाली र सुदूरपश्चिम प्रदेशमा १\१ जना गरी जम्मा ६१ जना आइसीयुमा उपचाररत छन् ।
त्यसैगरी बागमती प्रदेशमा ११ जना, लुम्बिनी प्रदेशमा २ र कर्णाली प्रदेशमा १ जना गरी जम्मा १४ जना भेन्टिलेटरमा उपचाररत छन् ।
त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला काठमाडौं रहेको छ भने क्वारेन्टिनमा ९२ जना रहेका छन् । साथै शून्य संक्रमित रहेका जिल्ला कालिकोट, रुकुमपश्चिम र मुगु रहेको छ ।
आज थपिएका १७१ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख ७१ हजार ६०२ पुगेको छ । साथै आज २२७ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ६७ हजार २९२ पुगेको छ । कूल संक्रमित मध्ये निको हुनेको यो दर ९८.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाले मात्र निधन भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपालमा हालसम्म कोरोना संक्रमणबाट निधन हुनेको संख्या २०३३ रहेको छ ।
आज १७१ जनामा कोरोना संक्रमण, २२७ जना निको, २ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा १७१ जना कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा देशैभरी गरिएको २,८७८ नमुना परीक्षणमा उपत्यकाका ७८ जनासहित १७१ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेमा महिला ५९ र पुरुष ११२ जना रहेका छन् । आज थपिएका १७१ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ७१ हजार ६०२ पुगेको छ ।
त्यसैगरी आज देशैभरी २२७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका २२७ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कुलसंख्या २ लाख ६७ हजार २९२ पुगेको छ । निको हुनेको यो दर ९८.४ प्रतिशत हो ।
त्यस्तै आज देशैभरीमा २ जनामात्र कोरोना संक्रमितको निधन भएको छ । आज थपिएका २ जनासँगै हालसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या २०२२ पुगेको छ ।
कति छन् त सस्थागत आइसोलेशनमा ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ७७० जना कोरोना संक्रमित होम संस्थागत रहेका छन् ।
जसमा बागमती प्रदेशमा ५३१, गण्डकी प्रदेशमा २९ लुम्बिनी प्रदेशमा १३१, कर्णाली प्रदेशमा ५ र सुदूरपश्चिम प्रदेशमा ७४ जना गरी ७७० जना विभिन्न अस्पताल तथा संस्थागत आइसोलेशन उपचारत छन् । साथै होम आइसोलेशनमा २२७७ जना रहेको मन्त्रालयले दिएको विवरणमा उल्लेख छ ।
वि.सं.२०७७ माघ २२ बिहीवार १६:३१ मा प्रकाशित






























