back
CTIZAN AD

हड्ताल गर्ने क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप

वि.सं.२०७७ माघ २२ बिहीवार

846 

shares

२२ माघ, धनुषा । पुष्पकमल दाहाल–माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले आम हड्ताल गर्ने क्रममा जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।

जनकपुरको शिवचोकमा प्रहरी र आन्दोलनकारीबीच भएको झडपमा परी प्रचण्ड–माधव समूहका केन्द्रीय सदस्य रामचन्द्र झा घाइते भएका छन् । नेता झाको टाउकोमा चोट लागेको छ भने झडपमा परी प्रहरी जबान लालबाबु राय पनि घाइते भएका छन् ।

झडपका क्रममा प्रहरीले दर्जन राउण्ड हवाईफायर गरेको छ । जनकपुरधामका पसल बजार बन्द गराउँदै हिँडेका प्रदर्शनकारी जानकीचोकबाट जनकचोक हँुदै शिवचोक पुगेपछि विपरीत दिशाबाट आइरहेको एक सानो भ्यानमा तोडफोड गर्न थालेपछि प्रहरीले हवाईफायर खोेलेपछि झडप भएको हो ।

प्रदर्शनकारीले गाडीमा तोडफोड गर्न लाग्दा त्यहाँ पुगेका नेकपा नेता मातृकाप्रसाद यादवले प्रहरी र प्रदर्शनकारीलाई सम्झाउँदै गर्दा जनकचोकबाट प्रहरीले हवाईफायर गर्न आदेश दिएपछि प्रदर्शनकारी आक्रोशित बनेपछि तनाव उत्पन्न भएको हो ।
रासस

वि.सं.२०७७ माघ २२ बिहीवार १६:२३ मा प्रकाशित

देशका केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

देशका केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आगामी दुई...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रन्जु दर्शनाले...

आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु

आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु

काठमाडौँ । आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु भएकाे छ...