back
CTIZAN AD

नेप्सेमा सामान्य सुधार, लघुवित्तका लगानीकर्ताले मनग्ये कमाए

वि.सं.२०७७ माघ २२ बिहीवार

816 

shares

२२ माघ काठमाडौं । साताको अन्तिम दिन बिहिबार सेयर बजारमा सामान्य सुधार देखिएको छ । बजार ८ दशमलव ३४ अंकले उकालो लाग्दा लघुबित्त समुहका लागनीकर्ताले भने मनग्ये आम्दानी गरेका छन ।

आज बजार ८ दशमलव ३४ अंकले वृद्धि हुदा समग्र परिसूचक पनि बढेर २४७५ दशमबल २६ बिन्दुमा पुगेको छ । नेप्सेमा वृद्ध् देखिएसँगै ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ पनि उकालो लागेको छ । सेन्सेटिभ १ दशमलब ६८ अंकले बढेर ४५४ दशमलब ०२ अंकमा पुगेको नेप्सेले जनाएको छ ।

बिहिबारको कारोबारमा व्यापार, जलविद्युत, निर्जीवन बीमा, उत्पादन मुलक, अन्य तथा लघुवित्त बाहेकका सबै कम्पनी समूहको सूचक ओरालो लाग्यो । तिनीहरुमध्ये अकंका आधारमा लघुवित्त कम्पनी समूहको सूचक सबैभन्दा धेरै १४६ दशमलब ३१ अंकले बढेको छ ।

कारोबार सुरु हुँदा उतारचढाव देखिए पनि सामान्य रुपले चलेको आजको बजारमा सूचिकृतमध्ये २०१ कम्पनीका ७ अर्ब ६१ करोड ५० लाख ९७ हजार ४०९ रुपैंयाँ बराबरका १ करोड ८७ लाख १९ हजार ४८९ कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा ७२ हजार १७० पटक लेनदेन भएको छ ।

कारोबार रकमको आधारमा नेपाल पूनर्वीमा कम्पनी, डेप्रोक्स विकास बैंक, ग्लोबल आइएमई बैंक, नेपाल लाईफ इन्स्योरेन्स लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा सनराईज म्यूचुअल फण्ड, एनआईसी एशिया ब्यालेन्स फण्ड, सिभिल बैंक लगायतका कम्पनी शिर्ष स्थानमा रहे ।

आज सबैभन्दा धेरै सूर्योदय लघुवित्तका लगानीकर्ताहरुले कमाएका छन् । उनीहरुले १० प्रतिशतले कामएका हुन। त्यस्तै सुमित लघुवित्त, जनउत्थान लघुवित्त, माहुली लघुवित्त लगायतका कम्पनीका लगनीकर्ताहरुले उच्च अंकले कमाएका छन । त्यस्तै प्रभु लाईफ इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्सको प्रमोटर सेयर, कर्पोरेट विकास बैंक, नेपाल फाइनान्स लगायतका कम्पनीका लगानीकर्ताहरु उल्लेख्य गुमाउनेमा परेका छन् ।

वि.सं.२०७७ माघ २२ बिहीवार १६:११ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...