back
CTIZAN AD

गाडिएको सुन निकालिदिन्छु भन्दै छोरी गायब बनाईदिए धामीले !

वि.सं.२०७७ माघ २२ बिहीवार

672 

shares

२२ माघ, विराटनगर । गाडिएको सुन निकालिदिन्छु भन्ने अन्धविश्वासमा पर्दा एक परिवारको नगद ५० हजार लुटिएको छ ।

यही माघ १० गते तिम्रो घरमा सुन गाडिएको छ, म धामी हुँ भन्दै विराटनगर महानगरपालिका–१९ का दिनेश मण्डलले वडा नं ४ का ध्रुवनारायण माझीको आमासँग रु ५० हजारसहित उनकी २४ वर्षीय छोरी गजेश्वरी माझीलाई पनि बेपत्ता बनाएको पीडितकी छोरा ध्रुवनारायण माझीले बिहीबार आयोजित पत्रकार सम्मेलनमा आरोप लगाएका छन् ।

घरको पैसा र बहिनीसमेत बेपत्ता भएपछि प्रहरीमा उजूरी दिएको र सो उजूरीको अहिलेसम्म सुनवाइ नभएको उनको आरोप छ । समाजमा धामीझाँक्रीको नाममा ठगी गर्ने यस्ता अपराधीलाई हदैसम्मको कारवाही हुनुपर्ने उनको भनाइ छ ।

आफू घरमा नभएको बेलामा मेरी आमालाई ललाइफकाई गरेको यस्तो कर्तुतबाट सम्पत्तिसहित बहिनी पनि हराएको पत्तो आफूले दुई दिनपछि मात्र थाहा पाएको बताउँदै उनले थाहा पाउने वित्तिकै प्रहरीमा उजूरी दिएको जानकारी दिए ।

आमालाई अनेक कुरा गरेर मोहित पार्न सफल धामी मण्डलले कलाजादु जस्तै एउटा औँठी घरबाट निकालेको र यही लोभमा परेर आमाले रु ५० हजार धामीलाई दिएको उनले बताए । धामीले भने अनुसारको सुन निकाल्न भनेपछि धामी भागेको बताइएको छ ।

धामीले बाहिर पूजा गर्नुपर्छ र कुमारी कन्या पनि चाहिन्छ भनेर गजेश्वरीलाई लिएर भागेको धामी अहिलेसम्म पत्तो नलागेको र प्रहरीले पनि जाहेरी कर्ताको उजूरीमा ध्यान नदिएको माझीको आरोप छ । रासस

वि.सं.२०७७ माघ २२ बिहीवार १७:०२ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

कोरियाबाट फर्केर नर्सरी व्यवसायमा फिलिप, टिकटकबाटै बेच्छनन् विरुवा

कोरियाबाट फर्केर नर्सरी व्यवसायमा फिलिप, टिकटकबाटै बेच्छनन् विरुवा

भद्रपुर (झापा) । वैदेशिक रोजगारीका लागि लामो समय विदेशमा पसिना...

तुर्के पुल-झ्याउपोखरी-फालिदोबाटो सडकः १४ किमी कालोपत्र

तुर्के पुल-झ्याउपोखरी-फालिदोबाटो सडकः १४ किमी कालोपत्र

भोजपुर । भोजपुरको षडानन्द नगरपालिकामा निर्माणाधीन तुर्के पुल–झ्याउपोखरी–साम्पाङ–फालिदोबाटो सडक कालोपत्र...

दुई भारतीय पक्राउ

दुई भारतीय पक्राउ

उदयपुर (गाईघाट) । उदयपुरगढी गाउँपालिकाबाट सुनको गहना सफा गरिदिने भन्दै...

थुम्लुङ खोलामा पक्की पुल निर्माण हुँदै

थुम्लुङ खोलामा पक्की पुल निर्माण हुँदै

भोजपुर । भोजपुरको तेजिङ–हिलारी राजमार्गअन्तर्गत पर्ने थुम्लुङ खोलामा पक्की पुल...

कोशी प्रदेशमा ४४ वटा एफएम रेडियो बन्द

कोशी प्रदेशमा ४४ वटा एफएम रेडियो बन्द

झापा । कोशी प्रदेशमा रहेका एफएम रेडियोहरू धमाधम बन्द हुन...