back
CTIZAN AD

राजसंस्था नै प्रजातन्त्र र राष्ट्रिय स्वतन्त्रताको संरक्षक – अध्यक्ष थापा

वि.सं.२०७७ माघ २२ बिहीवार

639 

shares

२२ माघ, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष कमल थापाले राजसंस्था नै प्रजातन्त्र र राष्ट्रिय स्वतन्त्रताको संरक्षक हुनसक्ने बताएका छन् ।

नेकपा प्रचण्ड–नेपाल समूहले बिहिबार गरेको आमहड्तालतर्फ इंगित गर्दै सामाजिक सञ्जालमार्फत उनले संविधानको परिधिभित्र राख्ने हो भने नेपालको भूराजनीतिक अवस्थामा राजसंस्था नै प्रजातन्त्र र राष्ट्रिय स्वतन्त्रताको संरक्षक हुनसक्ने धारणा सार्वजनिक गरेका हुन् ।

‘राजा हटाएपछि लोकतन्त्रलाई कसैले चुनौती दिनसक्दैन भन्नेहरू अहिले लोकतन्त्रको हत्या भयो भन्दै सडकमा उत्रिएका छन्’, उनले भनेका छन् ‘राजसंस्था प्रजातन्त्रको वाधक होइन। संविधानको परिधिभित्र राख्ने हो भने नेपालको भूराजनीतिक अवस्थामा राजसंस्था नै प्रजातन्त्र र राष्ट्रिय स्वतन्त्रताको संरक्षक हुनसक्छ।’

वि.सं.२०७७ माघ २२ बिहीवार १९:४७ मा प्रकाशित