back
CTIZAN AD

झडपको अवस्था सिर्जना भएको प्रति काहुरास्ट नेपालको ध्यानाकर्षण

वि.सं.२०७७ माघ २२ बिहीवार

753 

shares

२२ माघ, काठमाडौँ । मानवअधिकार तथा सामाजिक अभियान (काहुरास्ट) नेपालले धरपकड गरी झडपको अवस्था सिर्जना भएको प्रति ध्यानाकर्षण भएको जनाएको छ ।

काहुरास्ट नेपालद्वारा जारी जारी प्रेस वक्तव्यमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले असंवैधानिक ढंगले प्रतिनिधिसभाको विघटन तथा संवैधानिक अंगहरुको प्रमुख र सदस्यहरुको गैरकानुनी ढंगले संसदीय सुनुवाई विना शपथ ग्रहण गराएको विरोधमा आज आह्वान गरेकोे देशव्यापी हड्तालमा सरकारले बटुवाहरुलाई समेत धरपकड गरी झडपको अवस्था सिजर्ना गरिएकोप्रति मानवअधिकार तथा सामाजिक अभियान (काहुरास्ट) नेपालको ध्यानाकर्षण भएको जनाइएको छ ।

नेपालको संविधानले सभा जुलुस गर्न र शान्तिपूर्ण रुपमा सभा सम्मेलन गर्न पाउने अधिकार स्थापित गरेको सन्र्दभमा आन्दोलनकारीलाई उत्तेजित बनाउने र गिरफ्तारीका घटना हुनुले संविधानले प्रदान गरेको हकको उल्लघंन भएको काहुरास्ट नेपालको ठहर रहेको जनाइएको छ ।
वर्तमान सरकारले एकपछि अर्को गर्दै संविधान विरुद्धका निर्णयहरु गर्दै जाँदा देश झनै गम्भिर र संकटग्रस्त बन्दै जाने र द्वन्द्वको स्थिति सिर्जना हुने देखिएको भन्दै जनताले लामो संघर्षपछि आफैद्वारा निर्मित संविधानका उपलब्धि गुम्न नजावोस् र त्यस्तो स्थिति नआवोस् भन्ने तर्फ सरकार र राजनीतिक दलहरुको ध्यानाकर्षण गराएको छ ।

यस अतिरिक्त संविधानको रक्षा गर्दैै प्राप्त उपलब्धिको रक्षा गर्न र नागरिकको मानवअधिकारको पूर्णप्रत्याभूति सहित बाँच्न पाउने अधिकारको सुनिश्चितता गराउने जिम्मा सरकारको भएको जनाउँदै आजको आम हड्तालका क्रममा गिरफ्तार गरिएकाहरुको तत्काल रिहाई गर्न र झडपमा घाइते हुन पुगेकाहरुको निःशुल्क उपचार गर्न समेत सरकारसँग माग गरिएको छ ।

यस्तो छ प्रेस वक्तव्य :
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले असंवैधानिक ढंगले प्रतिनिधिसभाको विघटन तथा संवैधानिक अंगहरुको प्रमुख र सदस्यहरुको गैरकानुनी ढंगले संसदीय सुनुवाई विना शपथ ग्रहण गराएको विरोधमा आज आह्वान गरेकोे देशव्यापी हड्तालमा केही ठाउँमा झडप, कुटपिट गरिनुका साथै सयौँको संख्यामा गिरफ्तार गरिएका सूचनाहरु अनुगमनका क्रममा पाइएको छ ।
अनुगमनका क्रममा आन्दोलनकारीहरु चोकचोकमा शान्तिपूर्ण रुपमा बसि नाराजुलुस गरेका थिए भने केही ठाउँमा सरकारले बटुवाहरुलाई समेत धरपकड गरी झडपको अवस्था सिजर्ना गरिएकोप्रति मानवअधिकार तथा सामाजिक अभियान (काहुरास्ट) नेपालको ध्यानाकर्षण भएको छ ।
नेपालको संविधानले सभा जुलुस गर्न र शान्तिपूर्ण रुपमा सभा सम्मेलन गर्न पाउने अधिकार स्थापित गरेको सन्र्दभमा आन्दोलनकारीलाई उत्तेजित बनाउने र गिरफ्तारीका घटना हुनुले संविधानले प्रदान गरेको हकको उल्लघंन भएको काहुरास्ट नेपालको ठहर छ ।
वर्तमान सरकारले एकपछि अर्को गर्दै संविधान विरुद्धका निर्णयहरु गर्दै जाँदा देश झनै गम्भिर र संकटग्रस्त बन्दै जाने र द्वन्द्वको स्थिति सिर्जना हुने देखिएको छ । जनताले लामो संघर्षपछि आफैद्वारा निर्मित संविधानका उपलब्धि गुम्न नजावोस् र त्यस्तो स्थिति नआवोस् भन्ने तर्फ सरकार र राजनीतिक दलहरुलाई काहुराष्ट नेपाल गम्भिर ध्यानाकषण गराउन चाहन्छ । यस अतिरिक्त संविधानको रक्षा गर्दैै प्राप्त उपलब्धिको रक्षा गर्न र नागरिकको मानवअधिकारको पूर्णप्रत्याभूति सहित बाँच्न पाउने अधिकारको सुनिश्चितता गराउने जिम्मा सरकारको हो, यसतर्फ काहुराष्ट नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छ ।
साथै आजको आम हड्तालका क्रममा गिरफ्तार गरिएकाहरुको तत्काल रिहाई गर्न र झडपमा घाइते हुन पुगेकाहरुको निःशुल्क उपचार गर्न पनि काहुराष्ट नेपाल सरकारसँग जोडदार माग गर्दछ ।

मीना शर्मा
महासचिव

वि.सं.२०७७ माघ २२ बिहीवार २०:०९ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

कोरियाबाट फर्केर नर्सरी व्यवसायमा फिलिप, टिकटकबाटै बेच्छनन् विरुवा

कोरियाबाट फर्केर नर्सरी व्यवसायमा फिलिप, टिकटकबाटै बेच्छनन् विरुवा

भद्रपुर (झापा) । वैदेशिक रोजगारीका लागि लामो समय विदेशमा पसिना...

तुर्के पुल-झ्याउपोखरी-फालिदोबाटो सडकः १४ किमी कालोपत्र

तुर्के पुल-झ्याउपोखरी-फालिदोबाटो सडकः १४ किमी कालोपत्र

भोजपुर । भोजपुरको षडानन्द नगरपालिकामा निर्माणाधीन तुर्के पुल–झ्याउपोखरी–साम्पाङ–फालिदोबाटो सडक कालोपत्र...

दुई भारतीय पक्राउ

दुई भारतीय पक्राउ

उदयपुर (गाईघाट) । उदयपुरगढी गाउँपालिकाबाट सुनको गहना सफा गरिदिने भन्दै...

थुम्लुङ खोलामा पक्की पुल निर्माण हुँदै

थुम्लुङ खोलामा पक्की पुल निर्माण हुँदै

भोजपुर । भोजपुरको तेजिङ–हिलारी राजमार्गअन्तर्गत पर्ने थुम्लुङ खोलामा पक्की पुल...

कोशी प्रदेशमा ४४ वटा एफएम रेडियो बन्द

कोशी प्रदेशमा ४४ वटा एफएम रेडियो बन्द

झापा । कोशी प्रदेशमा रहेका एफएम रेडियोहरू धमाधम बन्द हुन...