back
CTIZAN AD

धरपकडप्रति एचआर क्याम्पियनको ध्यानाकर्षण

वि.सं.२०७७ माघ २२ बिहीवार

612 

shares

२२ माघ, काठमाडौँ । मानवअधिकार तथा सामाजिक अभियान, नेपाल (HR CAMPAIGN)ले नेकपाले आज आह्वान गरेकोे देशव्यापी हड्तालमा शान्तिपूर्ण रुपमा शान्तिपूर्ण नाराजुलुस गरी बसेको अवस्थामा धरपकडको अवस्था सिर्जना गरिएको प्रति ध्यानाकर्षण भएको जनाएको छ ।

अभियानका सहसंयोजक हुकुम पोखरेलद्वारा जारी प्रेस वक्तव्यमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले असंवैधानिक ढंगले प्रतिनिधिसभाको विघटन तथा संवैधानिक अंगहरुको प्रमुख र सदस्यहरुको गैरकानुनी ढंगले संसदीय सुनुवाई विना शपथ ग्रहण गराएको विरोधमा आज आह्वान गरेकोे देशव्यापी हड्तालमा शान्तिपूर्ण रुपमा शान्तिपूर्ण नाराजुलुस गरी बसेको अवस्थामा धरपकडको अवस्था सिर्जना गरिएको प्रति ध्यानाकर्षण भएको उल्लेख छ।

वक्तव्यमा आन्दोलनरत नेता तथा कार्यकर्ताहरु चोकचोकमा शान्तिपूर्ण रुपमा नाराजुलुस गरी बसेको अवस्थामा सरकारले धरपकड गरी झडपको अवस्था सिर्जना गरिएकोप्रति मानवअधिका एचआर क्याम्पियनको ध्यानाकर्षण भएको जनाइएको छ ।

एचआर क्याम्पियनद्वारा जारी प्रेस वक्तव्य यस्तो छ :

मिती : २०७७ माघ २२
प्रेस वक्तव्य

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले असंवैधानिक ढंगले प्रतिनिधिसभाको विघटन तथा संवैधानिक अंगहरुको प्रमुख र सदस्यहरुको गैरकानुनी ढंगले संसदीय सुनुवाई विना शपथ ग्रहण गराएको विरोधमा आज आह्वान गरेकोे देशव्यापी हड्तालमा केही ठाउ“मा झडप तथा कुटपिट गरिनुका साथै सयौंको संख्यामा गिरफ्तार गरिएको पाइएको छ ।

आन्दोलनरत नेता तथा कार्यकर्ताहरु चोकचोकमा शान्तिपूर्ण रुपमा नाराजुलुस गरी बसेको अवस्थामा सरकारले धरपकड गरी झडपको अवस्था सिर्जना गरिएकोप्रति मानवअधिकार तथा सामाजिक अभियान, नेपाल (HR CAMPAIGN) को ध्यानाकर्षण भएको छ ।

नेपालको संविधानले सभाजुलुस गर्न र शान्तिपूर्ण रुपमा सभा सम्मेलन गर्न पाउने अधिकार सुनिश्चित गरेको छ । तर शान्तिपूर्ण जुलुसलाई सरकारले गिरफ्तार गरी अवस्थालाई उत्तेजित बनाएर मुडभेडको स्थिति सिर्जना हुनुले संविधानले प्रदान गरेको हकको उल्लघंन भएको अभियानको ठहर छ ।

संविधानमा नभएको धारा प्रयोग गर्दै वर्तमान सरकारले एकपछि अर्को गर्दै संविधान विरुद्धका निर्णयहरु गर्दै जा“दा देश झनै गम्भिर र मुडभेड तर्फ जाने स्थिति देखिएको र यसबाट देशमा द्वन्द्वको स्थिति सिर्जना हुने देखिएको छ । यस्तो स्थितिमा देशलाई जान नदिन सरकार गम्भिर बनोस् भन्ने हाम्रो आग्रह छ ।

संविधानको रक्षा गर्दैै प्राप्त उपलब्धिको रक्षा गर्न र नागरिकको मानवअधिकारको पूर्णप्रत्याभूति सहित बा“च्न पाउने अधिकारको सुनिश्चितता गराउन अभियान सरकारको ध्यानाकर्षण गराउन चाहन्छ ।

साथै आजको आम हड्तालका क्रममा गिरफ्तार गरिएका सम्पूर्ण नेता तथा कार्यकर्ताहरुको तत्काल रिहाई गर्न र झडपमा घाइते हुन पुगेकाहरुको निःशुल्क उपचार गर्न हामी जोडदार माग गर्दछौ ।

हुकुमपोखरेल
सह संयोजक

वि.सं.२०७७ माघ २२ बिहीवार २१:३१ मा प्रकाशित

देशका केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

देशका केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आगामी दुई...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रन्जु दर्शनाले...

आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु

आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु

काठमाडौँ । आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु भएकाे छ...