मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ
घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ । भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम सुरु हुनेछ । तर, विचार नमिल्नाले आफन्तसँग मतभेद हुन सक्छ । निम्तो आए पनि आतिथ्य खर्चिलो बन्नेछ । भेटघाटले काममा अलमल हुन सक्छ । यात्रा केही कष्टपूर्ण हुनेछ । अपराह्नदेखि अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ । बाध्यात्मक परिस्थितिले पनि इच्छाशक्ति कुण्ठित हुनेछ ।
बृष -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
प्रतिस्पर्धाको समय छ । वादविवादले साथीभाइमा फाटो ल्याउन सक्छ ।भौतिक साधन जुटाउन केही खर्च र दौडधुप गर्नुपर्ला । आफ्नो कमजोरीबाट अरूले फाइदा उठाउन सक्छन् । अपराह्नदेखि स्थितिमा सुधार आउनेछ र दिगो फाइदा हुने काम सुरु हुनेछ । परिस्थितिले साथ दिनेछ र प्रतिष्ठा जोगाउन सफल भइनेछ । यात्राको प्रक्रिया अघि बढ्नेछ । प्रियजनसँग रमाइलो भेटघाट समेत हुनेछ ।
मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । स्वास्थ्यका कारण अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ । अरूका लागि बुद्धि खर्चनुपर्ला । समयको गतिलाई पछ्याउन नसक्दा पछि परिनेछ । अपराह्नदेखि स्थितिमा सुधार आउनाले नयाँ कामतर्फ अग्रसर भइनेछ । तर केही चुनौती देखिनेछन् । वैधानिक प्रावधानले अप्ठ्यारो पार्नेछ र फजुल खर्च बढ्नेछ । अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ ।
कर्कट -हि, हु, हे, हो, डा, डि, डु, डे, डो
हतारमा निर्णय लिँदा केही त्रुटि देखिए पनि काम बनाउन सकिनेछ। आँटले काम लिँदा फाइदै हुनेछ । बेसुरमा बोल्ने बानीले भने दुःख पाइनेछ । आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ । साझेदारसँग असमझदारी देखिने हुँदा सजग रहनुहोला । हडबडीले समस्या निम्त्याउन सक्छ । आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन् । हल्लाको विश्वास गर्दा पनि धोका पाइनेछ ।
सिंह- मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अवसर प्राप्त भए पनि काममा भाँजो हाल्नेहरू सक्रिय हुनेछन् । सहयोगीहरू पछि हट्न सक्छन्, गोपनीयतामा विशेष सावधान रहनुहोला । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला । मिहिनेत गर्दा नयाँ काम प्रारम्भ हुनेछ । व्यापारमा सामान्य फाइदा हुनेछ । अपराह्नतिर नसोचेका व्यक्तिहरू सहयोगीका रूपमा देखापर्नेछन् । वादविवादमा परिए पनि केही काम बनाउन सकिनेछ ।
कन्या -टो, प, पि, पु, ष, ण, ठ, पे, पो
समयमा वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन् । आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ । हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ । तापनि बुद्धिले काम लिँदा योजना कार्यान्वयनमा आउनेछ । अरूको मुख ताक्ने बानीले पछि परिनेछ । शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला । साँझतिर केही काम बन्नेछन् । तर अविश्वासको परिस्थितिले पिरोल्नेछ ।
तुला -र, रि, रु, रे, रो, ता, ति, तु, ते
सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर जुट्नेछ । नयाँ कामको प्रस्ताव प्राप्त हुनेछ भने सहयोगीहरूले साथ दिनेछन् । कमजोरी सुधार गर्दै फाइदा उठाउने समय छ । बिछोडिएका आफन्तजनसँग भेटघाटको अवसर जुट्नेछ । अपराह्नदेखि विवादास्पद काममा जुट्नुपर्ला । आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ । काममा पनि पछि परिनेछ । फाइदा उठाउन समय पर्खनुपर्नेछ ।
बृश्चिक= तो, ना, नि, नु, ने, नो, या, यि, यु
सुरुमा खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ । फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला । अरूको विश्वास गर्दा धोका हुन सक्छ । टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ । प्रयत्न गर्दा यात्राको अवसर पनि जुट्न सक्छ । साँझदेखि परिस्थिति अनुकूल बन्नाले महत्त्वाकांक्षी काम गर्न सफल भइनेछ । धेरैले कामको तारिफ गर्नेछन् । ज्ञान, कला र व्यक्तित्वमा निखारता आउनेछ ।
धनु- ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ । श्रमको उचित मूल्यांकन हुनेछ । सञ्चित धनको उपयोगले फाइदा हुनेछ । मिहिनेतले लक्ष्यमा पुग्न सकिनेछ । प्रतीक्षा गरिएको काम बन्नेछ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । साँझतिर खर्चको जोहो गर्न कर्जा लिनुपर्ला । धनमाल बाहिरिने समय रहेको हुँदा सतर्कता अपनाउनुहोला ।
मकर -भो, ज, जि, खि, खु, खे, खो, गा, गि
विवादास्पद काममै बिहानको समय बित्नेछ । आफ्ना कमजोरीबाट फाइदा उठाउनेहरू सक्रिय हुनेछन् । प्रयत्न गर्दा केही उपलब्धि पनि हातलागी हुनेछ । रोकिएको काम बनाउन सकिनेछ । व्यापारमा सामान्य फाइदा हुनेछ । घरायसी काममा अलमल बढ्न सक्छ । दिउँसोदेखि स्थितिमा सुधार आउनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । केही लाभांश हातलागी हुनेछ ।
कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द
प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ । रोकिएको काम बन्नेछ। व्यापारमा प्रशस्त फाइदा हुनेछ । विशेष भेटघाटले काममा उत्साह बढाउला। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ । अपराह्नमा भने विवादास्पद काममा अलमलिनुपर्ला । सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ । उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला ।
मीन -दि, दु, थ, झ, ञ, दे, दो, च, चि
स्वास्थ्य कमजोर रहनाले चिताएको काम पूरा गर्न नसकिएला । न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ । अपराह्नदेखि सामाजिक कामको जिम्मेवारी आउला । चुनौतीभित्र अवसर खोज्ने समय छ । प्रयत्न गर्दा जटिल काममा समेत सकारात्मक संकेत प्राप्त हुनेछ ।
२०७७ माघ २३ गते, शुक्रवार, (५ फेब्रअरी २०२१)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४
वि.सं.२०७७ माघ २३ शुक्रवार ०८:११ मा प्रकाशित




























