मेष- चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मनोरञ्जनको समय छ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ । भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ । काममा साथीभाइबाट सहयोग मिल्नेछ । बलजफ्ती गर्ने बानीले भने अवरोध निम्त्याउन सक्छ, सजग रहनुहोला ।
बृष -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
परिस्थिति प्रतिकूल रहे पनि लगनशीलताले नयाँ काम गर्ने अवसर दिलाउनेछ । शत्रुभाव राख्नेहरूले अलि दुःख दिनेछन् । आर्थिक प्रलोभन देखाउनेहरूबाट सजग रहनुहोला। समस्या पर्दा सहयोग गर्नेहरू कमै भेटिनेछन् । खर्च लागे पनि पछि फाइदा हुने काम फेला पर्न सक्छ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ ।
मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह
छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउन सक्छ । हल्लाको पछि लाग्दा दुःख पाइनेछ । समयको गतिलाई पछ्याउन नसक्दा परिस्थितिसँग सम्झौता गर्नुपर्ला । धैर्य एवं लगनशीलताले मात्र उपलब्धि दिलाउन सक्छ । नियमित काम सम्पादन हुनेछन् । बुद्धिको उपयोगले फाइदाको स्रोत पहिल्याउन सकिनेछ । स्वास्थ्य(चिन्ताले भने अलि सताउन सक्छ ।
कर्कट- हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अनावश्यक हल्लाको पछि लाग्दा दुःख पाइनेछ, व्यवहारमा सजग रहनुपर्ला । ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन् । आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला । मिहिनेत गर्दा जटिल ठानिएको काम समेत सम्पादन हुनेछ । आफन्तजनले उत्साह जगाउनेछन् र दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । टाढिएका आफन्त र साथीभाइ भने नजिकिन सक्छन् ।
सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
रचनात्मक काममा जुट्ने समय छ । तर, परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ । सञ्चित रकम खर्चनुपर्ने हुन सक्छ । दिगो काम प्रारम्भ गर्न केही समय पर्खनुपर्ने देखिन्छ । हिसाबकिताबमा होसियार रहनुहोला । कृषिमा कामको चाप बढ्नेछ । व्यापारमा केही समस्या देखिए पनि धन आर्जन प्रशस्तै हुनेछ । शत्रु र प्रतिस्पर्धीबाट जोगिएर काम लिनुपर्ने समय छ ।
कन्या -टो, प, पि, पु, ष, ण, ठ, पे, पो
समयमा आफ्नो हक दाबी गर्न नसक्दा कम मात्र लाभांश प्राप्त हुनेछ । धेरै बोल्ने बानीले गोपनीयता बाहिरिन सक्छ । हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ । अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ । शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला । धेरै मिहिनेत गर्दा मात्र चिताएको काम बन्नेछ । बोलीको प्रभाव अलि कमजोर हुन सक्छ ।
तुला -र, रि, रु, रे, रो, ता, ति, तु, ते
प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ । नयाँ तथा रचनात्मक काम प्रारम्भ गर्ने समय छ । सहयोगीहरूले साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला । भौतिक साधन जुट्नाले जीवनशैलीमा परिवर्तन आउन सक्छ ।
बृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु
आकस्मिक खर्च बढ्नुका साथै अर्थ अभाव देखापर्न सक्छ । आम्दानीका स्रोत भने कमजोर बन्नेछन् । बेलैमा होस नपुग्नाले फाइदा गुम्न सक्छ । काममा हस्तक्षेप गर्नेहरू सक्रिय हुनेछन् । परिस्थितिले अनावश्यक काम वा वस्तुहरूमा समेत खर्च गराउनेछ । प्रयत्न गर्दा उठ्नुपर्ने रकम हातलागी हुनेछ । आफ्नो धनमाल सुरक्षामा भने विशेष सतर्कता अपनाउनुहोला ।
धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ । आम्दानी बढ्नाले उत्साह जाग्नेछ । श्रमको उचित मूल्य पाइनेछ । व्यापारमा राम्रै फड्को मार्ने समय छ । छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ । रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्नेछ । दिगो काम प्रारम्भ होला । उद्योग र व्यापारमा पनि कर्मको उचित फल प्राप्त हुनेछ ।
मकर -भो, ज, जि, खि, खु, खे, खो, गा, गि
आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ । मिहिनेत गर्दा आफ्नो क्षेत्रमा प्रभाव पार्न सकिनेछ । तर अहिलेको फाइदा मात्र हेर्दा पछिको लाभांश घट्नेछ । ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले कमजोरीको फाइदा उठाउनेछन् । आशा देखाउनेहरूको भर पर्दा पछि परिनेछ । सानातिना काममै अलमल भए पनि बिस्तारै फाइदा हुनेछ ।
कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द
जिम्मेवारी आए पनि उपलब्धिका लागि केही समय लाग्नेछ । साथीभाइले काममा सहयोग र हिम्मत दिलाउनेछन् । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला । फाइदा सामान्य भए पनि तारिफयोग्य काम थालनी हुनेछ । धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला । दिगो कामको जग बसाउनुका साथै व्यवसाय विस्तार गर्ने समय छ । सामाजिक दायित्व बढ्न सक्छ ।
मीन -दि, दु, थ, झ, ञ, दे, दो, च, चि
तत्काल लाभ नभए पनि पछिका लागि काम गर्ने समय छ । समस्याले रहस्य पत्ता लगाउन सहयोग पुर्याउनेछ । शुभचिन्तकहरू जुट्नाले आस मारेको फल पुनः प्राप्त हुन सक्छ । अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन् । पहिले बिग्रिएको काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ उठाउन सकिनेछ । स्वास्थ्यका लागि व्यायाम र खानपानमा ध्यान पुर्याउनुहोला ।
२०७७ माघ २२ गते, बिहीवार, ४ फेब्रअरी
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४
तपाईको आज (बुधबार)को राशिफल, हेर्नुहोस् आज क-कसलाई छ त विशेष फाइदा ?
वि.सं.२०७७ माघ २२ बिहीवार ०८:३५ मा प्रकाशित




























