back
CTIZAN AD

तपाईको आज (बुधबार)को राशिफल, हेर्नुहोस् आज क-कसलाई छ त विशेष फाइदा ?

वि.सं.२०७७ माघ २१ बुधवार

675 

shares

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रतिस्पर्धा गर्नुपरे पनि स्रोतसाधन जुट्नाले दिगो काम बन्नेछ । शत्रु तथा प्रतिस्पर्धी परास्त हुनेछन् । तापनि केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्दा मन ढुक्क नहुन सक्छ । मध्याह्नपछि यात्राको अवसर जुट्न सक्छ । आकर्षक उपहारले उत्साह जगाउनेछ । तर आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन् । बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला ।

बृष -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
बुद्धिको उपयोगले विद्या र धन आर्जन हुनेछ । मिहिनेत गर्दा अध्ययनमा प्रगति हुने छ । गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ । भविष्यका लागि नयाँ काममा जग बसाउने मौका छ । लगनशीलताले लक्ष्यमा पुर्याउनेछ । मध्याह्नपछि खर्चिलो काम गर्नुपर्ने हुन सक्छ । सापटमा गएको धनले समस्या निम्त्याउला । आफ्नो साधनबाट अरूले फाइदा उठाउनेछन् ।

मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह
हतारमा निर्णय लिने बानीले पछि अप्ठ्यारो पार्ने हुँदा समयमा सजग रहनुहोला । प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ला । भूमि तथा पशुधनबाट सामान्य लाभ मिल्नेछ । मध्याह्नदेखि आर्थिक स्थितिमा केही सुधार आउनेछ । स्वास्थ्य भने केही कमजोर नै रहला । अवसर प्राप्त भए पनि सोचेको काम पूरा गर्न समय लाग्नेछ । व्यापारमा फाइदाको स्रोत पहिल्याउन सकिनेछ ।

कर्कट -हि, हु, हे, हो, डा, डि, डु, डे, डो
बिहानको समयमा साहसी काम गरेर लाभ उठाउन सकिनेछ । नयाँ योजनातर्फ अग्रसर भइनेछ । अरूको विश्वास जित्न केही समय लागे पनि दिगो फाइदा हुने काम हातलागी हुनेछ । दिउँसोदेखि सहयोगीहरू टाढिन सक्छन् । अरूको मुख ताक्ने बानीले पछि परिनेछ । तापनि कृषि तथा पशुधनले केही फाइदा दिलाउने छ । दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम भने बन्नेछ ।

सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला । विद्या र धन आर्जनमा सामान्य प्रगति हुनेछ । तर आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय रहेकाले सजग रहनुहोला । दिउँसोदेखि स्थितिमा सुधार आउनेछ भने दिगो फाइदा हुने जिम्मेवारी प्राप्त हुनेछ । तर वादविवादले नियमित काममा भने समस्या उत्पन्न हुनेछ । उद्योग र व्यापारमा पनि केही उल्झन आउने देखिन्छ ।

कन्या -टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अरूको भरपर्दा काम बिग्रन सक्छ । आगन्तुकले पनि अलमल्याउन सक्छन् । हडबडीले केही समस्या निम्त्याए पनि ज्ञान, कला र व्यक्तित्वमा निखारता नै आउनेछ । दिउँसोदेखि विवादास्पद कामको जिम्मेवारी आउन सक्छ । बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ । पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ । दिगो योजनामा अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ ।

तुला -र, रि, रु, रे, रो, ता, ति, तु, ते
पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । अरूको फाइदाका लागि उपयोग भइनेछ। कामको योजना स्थगित हुन सक्छ । प्रयत्न गर्दा दिउँसोदेखि काममा सकारात्मक संकेत प्राप्त हुनेछ । मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ । आजको श्रमबाट पछिलाई फाइदा हुनेछ । पारिवारिक भेटघाटले खुसियाली छाउनेछ । आगन्तुकले केही उपहार ल्याउन सक्छन् ।

बृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु
मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन् । आवश्यक भौतिक साधन सजिलै जुट्नेछन् । आम्दानी बढ्नाले उत्साह जाग्नेछ । श्रमको उचित मूल्य पाइनेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । दिउँसोदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्नेछ । आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ । सोखले फजुल खर्च बढाउनेछ । आँटेको काममा बाधा हुन सक्छ ।

धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
नयाँ काममा जुट्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । पेसा–व्यवसाय फलदायी रहनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । दिउँसोदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिलेका कामबाट पनि प्रशस्त लाभ हुनेछ । उठ्नुपर्ने रकम हातलागी हुनेछ । कृषि, पशुपालन र व्यापारमा मनग्य फाइदा हुनेछ ।

मकर -भो, ज, जि, खि, खु, खे, खो, गा, गि
तारिफयोग्य कामले धेरैको उपकार गर्न सकिनेछ । सामाजिक जिम्मेवारी प्राप्त हुनेछ र आफ्नो क्षेत्रको नेतृत्व हातलागी हुनेछ । तारिफयोग्य कामले दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । दिउँसोदेखि केही जोखिमयुक्त काममा जुट्नुपर्ला । आफ्नाको भरपर्दा काममा समस्या पर्नेछ । आफ्ना कमजोरी बाहिरिनाले पनि पेसा–व्यवसायमा केही चुनौती सामना गर्नुपर्ला ।

कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द
प्रारम्भमा अरूका लागि समय खर्चनुपर्ला । सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ । व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला । दिउँसोदेखि काम देखाएर प्रभाव जमाउन सकिनेछ । समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । भेटघाटले काम गर्ने अवसर समेत दिलाउनेछ । अध्यात्मभाव जागृत हुनाले धर्मकर्ममा प्रवृत्त भइनेछ ।

मीन- दि, दु, थ, झ, ञ, दे, दो, च, चि
मानसाम्मान प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्नेछ । यात्राको प्रक्रियाले पनि खर्च बढाउन सक्छ । तर धनधान्यले घर–गृहस्थीमा समृद्धि निम्त्याउने देखिन्छ । व्यापारमा अर्थलाभ हुनेछ । दिउँसोदेखि गोपनीयता बाहिरिनाले आँटेको काम रोकिन सक्छ । काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला ।

२०७७ माघ २१ गते, बुधवार, (३ फेब्रअरी २०२१)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

आज मंगलबार, राशिफल हेरेर शुरु गर्नुहोस् तपाईको आजको दिनको सुरुवात

वि.सं.२०७७ माघ २१ बुधवार ०७:५७ मा प्रकाशित

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...