back
CTIZAN AD

यस्तो छ प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोगमा बुझाएको १९ पृष्ठ लामो दाबी पत्र (पत्रसहित)

वि.सं.२०७७ माघ २० मंगलवार

936 

shares

माघ २०, काठमाडौं । विभाजित नेकपाको प्रचण्ड–नेपाल समूहले पार्टीको आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोगमा १९ पृष्ठ लामो निवेदन बुझाएको छ । मंगलबार विभाजित नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसहितका नेताहरु निर्वाचन आयोग पुगेर निवेदन बुझाएका हुन् ।

निवेदनमा राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार पार्टीको आधिकारिताका आफुँहरुले पाउनुपर्ने दाबी प्रचण्ड–नेपाल समूहले राखेको छ । निवेदनमा साबिक नेकपाको दुई सय ७५ केन्द्रीय सदस्यको हस्ताक्षरसहित दाबी प्रस्तुत गरिएको छ ।

यसअघि माघ ११ मा निर्वाचन आयोगले पुस ५ पछि दुवै पक्षबाट गरिएका निर्णयलाई अस्वीकार गर्दै पत्र पठाएको थियो । निर्वाचन आयोग सक्षम दुवै समुहले राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार दाबी गरेका थिए ।

तर, आयोगले उक्त दाबीलाई अस्वीकार गर्दै दफा ४३ र ४४ अनुसार आउनुपर्ने माग गरेपछि प्रचण्ड–नेपाल समूह दफा ४४ अनुसार आधिकारिकता दाबी गर्न आयोग पुगेका हुन् ।

याे पनि…

दफा ४३ र ४४ अनुसार प्रचण्ड–नेपाल समूहद्धारा आधिकारिकता दाबी, के छ दफा ४३ र ४४ मा ?

के छ प्रचण्ड–नेपाल समुहको दाबीपत्रमा ?

निर्वाचन आयोगलाई प्रचण्ड–नेपाल समूहले बुझाएको दाबीपत्रमा विगतमा गरिएका निर्णय, प्रधानमन्त्री केपी शर्मा ओलीले विधान विपरीत गरेका कार्यहरु उल्लेख गरिएको छ । दाबीपत्रमा ओलीलाई प्रमुख पदाधिकारी भनिएकोप्रति पनि आपत्ति जनाइएको छ ।

दाबी पत्रमा संविधानको धारा २६९, २७० र २७१, राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ४४ का उपदफा ९१० ९२० ९३० ९४० र ९५० अनुरुपका प्रक्रिया र खास गरी सोही दफाको उपदफा ९६० बमोजिम ‘दाबी पेश गर्नुअघि दल दर्ता किताबमा राजनैतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५१ तथा राजनैतिक दलसम्वन्धी नियमावलीको नियम २०७४ को नियम २५ बमोजिम विवरण अभिलेखीकरण गर्न माग गरिएकाे छ ।

यस्तो छ निवेदनको पूर्णंपाठ

वि.सं.२०७७ माघ २० मंगलवार २१:४३ मा प्रकाशित

प्रतिनिधिसभाः जनताका घर नभत्काउन आग्रह

प्रतिनिधिसभाः जनताका घर नभत्काउन आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद भूमिका सुब्बाले मेची राजमार्ग...

भक्तपुर अस्पतालले सुरु गर्दै ‘रोबोटिक’ शल्यक्रिया

भक्तपुर अस्पतालले सुरु गर्दै ‘रोबोटिक’ शल्यक्रिया

भक्तपुर । भक्तपुर अस्पतालले बिरामी र विशेषज्ञ चिकित्सकबीच लामो दूरीमा...

कोशी प्रदेशलाई आईटी हब बनाउन ’काठमाडौँ–विराटनगर डिजिटल कोरिडोर’ को मार्गचित्र सार्वजनिक

कोशी प्रदेशलाई आईटी हब बनाउन ’काठमाडौँ–विराटनगर डिजिटल कोरिडोर’ को मार्गचित्र सार्वजनिक

विराटनगर । नेपालको प्रविधि क्षेत्रलाई विकेन्द्रित गर्ने लक्ष्यका साथ एक...

जनज्योति माविबाट ४० जना स्काउट विद्यार्थी दीक्षित

जनज्योति माविबाट ४० जना स्काउट विद्यार्थी दीक्षित

देवचुली नगरपालिका–१५ स्थित जनज्योति माध्यमिक विद्यालयमा ‘जनज्योति स्काउट ट्रुप’को आयोजनामा...

माडीमा जडीबुटी उद्यान बनाईदै

माडीमा जडीबुटी उद्यान बनाईदै

चितवन । यहाँको माडी नगरपालिकामा जडीबुटी पार्क ९उद्यान० बनाउन थालिएको...

पश्चिम नवलपरासीका किसान रोपाइँमा व्यस्त

पश्चिम नवलपरासीका किसान रोपाइँमा व्यस्त

पाल्हीनन्दन (नवलपरासी) । पश्चिम नवलपरासीका किसानले धान रोपाइँ सुरु गरेका...