२३ माघ, काठमाडौं । नेकपाकी नेतृ निरु पालले संघीयता खारेजको ऐजेण्डा लिएर जनतामा जानुपर्ने सुझाव प्रधानमन्त्रीलाई दिएकी छन् ।
नेकपाको ओली समूहकी नेता रहेकी निरु पालले सो समूहद्धारा शुक्रबार आयोजित वृहद् जनसभाको पूर्वसन्ध्यामा संघीयता जस्तो सेतो हात्ती मुलुकले धान्न नसक्ने भन्दै प्रधानमन्त्री केपी ओलीलाई यस्तो अनुरोध गरेकी हुन् ।
यस्तो छ नेता पालले फेसबुकमार्फत् प्रधानमन्त्रीलाई गरेको अनुरोध
सम्माननीय प्रधानज्युलाई फेरिपनी मेरो अनुरोध छ !!!
मलाई पार्टीले कार्वाही गरेपनि गरोस् कुनैदिन टिकट पाएछु र जनताले हराएछन् भनेपनि ठिकैछ सहुला तर हाम्रो जस्तो सानो मुलुक आर्थिक स्थिति कमजोर भएको मुलुक । प्रत्येक नेपालीको टाउकोमा बिदेशीको ऋन छ तसर्थ प्रधानमन्त्रीज्यू यो संघियता नामकोे सेतो हात्ति हाम्रो मुलुकले धान्दैन मुठ्ठी भर नेता त खुसि छौ कोहि मुख्यमन्त्री कोहि प्रदेश मन्त्री कोहि सांसद छौ तलब भत्तामै देशको ढुकुटि न सिध्यायौं ।जनताले चाहेको अधिकारको बिकेन्द्रिकरण हो बरु स्थानिय तहलाई थप अधिकार सम्पन्न बनाऔ जनताको घरदैलोमा सर्वसुलभ ढंगले सेवा पुर्याऔ। तर प्रदेश सरकार खारेज गरौ !! प्रत्यक्ष निर्बाचित कार्यकारी प्रधानमन्त्री हुने ब्यबस्था गरौ सम्माननिय प्रधानमन्त्री ज्यू! ! तर हाम्रो मुलुकले यत्रो तामझाम बेहोर्न सक्दैन नेताहरुको सुरक्षा पनि कटौती गरौ सम्माननीय प्रधानमन्त्री ज्यू यहि एजेन्डा लियर जनतामा जादा राम्रो हुनेछ । मेरो अनुरोध हजुरलाई !!
सम्माननीय प्रधानज्युलाई फेरीपनी मेराे अनुराेध छ!!!
मलाई पार्टीले कार्वाही गरेपनि गराेस कुनैदिन टिकट पायछु र जनताले…Posted by Niru Pal on Thursday, February 4, 2021
वि.सं.२०७७ माघ २३ शुक्रवार ०९:३१ मा प्रकाशित
























