back
CTIZAN AD

ओमान र अमेरिका विरुद्धको त्रिकोणात्मक श्रृखलाको लागि नेपाली टिमको छनोट, यी ३२ खेलाडीले पाए मौका

वि.सं.२०७७ माघ २३ शुक्रवार

750 

shares

२३ माघ, काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले अमेरिका र ओमान विरुद्ध हुने त्रिकोणात्मक श्रृखलको लागि ३२ खेलाडी छनोट गरेको छ । क्यानले आगामी मार्चमा हुने आइसिसी विश्वकप क्रिकेट लिग–२ का लागि पहिलो चरणमा ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका नयाँ प्रशिक्षक डेभ ह्वाटमोर र छनोट समितिसितको समन्वयमा क्यानले ३२ खेलाडीहरुको छनोट गरेको हो । हालै सम्पन्न पीएम कपमा उत्कृष्ट प्रदर्शन गरेका अर्जुन कुमाल, अनुज चनारा, विवेक यादव, खड्गबहादुर बोहरालाई पहिलो पटक क्यानले बन्द प्रशिक्षणको लागि बोलाएको छ त्यसैगरी पृथु बास्कोटा, सौरभ खनाल, कृष्ण कार्की, रामनरेश गिरी पनि ३२ खेलाडी भित्र पर्न सफल भएका छन ।

बन्द प्रशिक्षणका लागि बोलाईएका ३२ खेलाडीहरुको नाम यस प्रकारको रहेको छ :
पृथु बास्कोटा, सौरभ खनाल,विक्रम सोब, राजेश पुलामी, रोहित पौडेल, शुसान भारी, साहब आलम, सन्दिप जोरा, कमलसिंह ऐरी, आसिफ शेख, सुनिल धमाला, कुशल भुर्तेल, ललित राजवंशी, हरिशंकर शाह, विवेक यादव, रामनरेश गिरी, अर्जुन कुमाल, कृष्ण कार्की, खड्गबहादुर बोहरा, अनुज चुनारा, पवन सराफ, शरथ भेस्वाकर, अविनाश बोहरा, आरिफ शेख, दिपेन्द्रसिंह ऐरी, सोमपाल कामी, कुशल मल्ल, करण केसी, सन्दीप लामिछाने, विनोद भण्डारी, पारस खड्का, ज्ञानेन्द्र मल्ल ।

वि.सं.२०७७ माघ २३ शुक्रवार १३:१४ मा प्रकाशित

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

काठमाडौँ । एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट छनोट खेलमा नेपालले...