माघ २३, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेकपाको जनसभा सुरु भएको छ ।
नारायणहिटी संग्रहालय अगाडि सुरु जनसभामा अहिले नेताहरुले बोल्ने क्रम सुरु भएको छ । मञ्चमा प्रधानमन्त्री केपी शर्मा ओलीबाहेकका सबैजसो नेताहरु उपस्थित भएका छन् ।
आजको जनसभाको सभापत्वि शिक्षामन्त्रीसमेत रहेका नेता कृष्णगोपाल श्रेष्ठले गर्नेछन् भने आमसभाको सञ्चालन नेता आनन्द पोखरेलले गर्नेछन् ।
आयोजकले जनाएअनुसार आमसभामा प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र सत्यनारायण मण्डलले सम्बोधन गर्नेछन् ।
वि.सं.२०७७ माघ २३ शुक्रवार १३:१८ मा प्रकाशित






























