माघ २३, काठमाडौं । केपी शर्मा ओली पक्षीय नेकपाका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादलले प्रचण्ड–नेपाल समूहलाई जावलाखेलको चिडियाखानामा हाल्ने चेतावनी दिएका छन् । शुक्रबार ओली पक्षीय नेकपाको आमशभालाई नारायणहिटीबाट सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।
नेपालको संविधान र कानूनले मांशाहारी आन्दोलनलाई अपराध घोषित गरेको उनको भनाई छ ।
‘राजनीतिक नेतृत्वले आत्मसमर्पण गर्दैन्, स्वइच्छाले राजीनामा गर्दैन् भने त्यसलाई सिध्याउन मांशाहारी आन्दोलन गर्छौं भन्दै हिँडेका छन्’, गृहमन्त्री थापाले भनेका छन्, ‘म यो ऐतिहासिक जनसभाबाट के भन्न चाहन्छु भने ति मांशाहारी आन्दोलन भन्दै हिँड्नेहरुलाई हाम्रो संविधानले, हाम्रो कानूनले अपराध घोषित गरिएको छ, ति अपराध गर्नेहरुलाई ति मांशाहारी आन्दोलन गर्नेलाई जावलाखेलको जुमा लगेर बन्द गरिनेछ ।’
गृहमन्त्री थापाले प्रचण्ड–नेपाल समूहको मांसाहारी आन्दोलनप्रति सचेत हुन समेत कार्यकर्तालाई निर्देशन दिएका छन् । उनले गणतन्त्रको रक्षाकै लागि आफूहरुले आमसभा गर्नका लागि दरबार अगाडिको स्थानलाई चुनेको बताए।
वि.सं.२०७७ माघ २३ शुक्रवार १४:०१ मा प्रकाशित






























