२३ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता धनराज गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई कामगर्न नदिएकाले संसद भंग गरेको हुँ भन्ने भनाईमाथि कटाक्ष गर्दै ढाटेको कुरा र फाटेको लुगा लुकाउन नमिल्ने बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केपी ओली समुहद्धारा नारायणहिटीमा आयोजित जनसभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले कामगर्न नपाएकोले संसद भंग गरेको भनेर दिएको अभिव्यक्तिमाथि कटाक्ष गर्दै नेता गुरुङले भनेका छन्–‘नरिसाइ बक्स्योस् महाराज ! ढाँटेको कुरा र फाटेको लुगा लुकाउन गाह्रो हुन्छ ।’
प्र.म.अोलीको भाषणको पहिलो लाइन:-हुलाकी सडक,रेल संचालन,पानी जहाज,सुरुङ मार्ग, युवा स्वरोजगार आदि सारा काम सरकारले गरेको…
Posted by Dhan Raj Gurung on Friday, February 5, 2021
वि.सं.२०७७ माघ २३ शुक्रवार १७:२३ मा प्रकाशित






























