back
CTIZAN AD

फलफूल खेतीतर्फ आकर्षित बन्दै बाग्लुङका किसान

वि.सं.२०७७ माघ २४ शनिवार

678 

shares

२४ माघ, बागलुङ । ताराखोला गाउँपालिकाका किसान व्यावसायिक फलफूल खेतीतर्फ आकर्षित बनेका छन् ।

कृषिजन्य उत्पादनमार्फत आत्मनिर्भर बन्ने लक्ष्यसहित किसान फलफूल खेतीमा लागेका हुन् । फलफूल व्यवसाय प्रवद्र्धनका लागि सरकारले घोषणा गरेको ‘फलफूल दशक’ कार्यक्रमअन्तर्गत किसानले अनुदानसमेत पाएका छन् ।

ताराखोलाका ६०० किसानलाई फलफूल खेतीमा व्यावसायिक बनाउने उद्देश्य लिइएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताए । उनका अनुसार फलफूल खेतीमा सङ्घीय सरकार, गाउँपालिका र किसानको समेत लागत साझेदारी छ । किसानले विभिन्न ठाउँमा गरी छ हजार ८०० ओखर, एक हजार ६०० किबी र ५०० बदामका बिरुवा लगाएका छन् ।

सात सय ५० हेक्टरमा ओखरखेती गरिएको गाउँपालिकाका आर्थिक विकास शाखा प्रमुख चिन्तामणि शर्माले जानकारी दिए । टर्कीबाट ल्याइएका दाँते ओखरका कलमी बिरुवा दुई हजार ८०० र नेपालमै खरिद गरिएको चार हजार बिजु बिरुवा किसानलाई वितरण गरिएको उनको भनाइ छ ।

टर्कीबाट ल्याउँदा रु ५५० मूल्य परेको ओखरको कलमी बिरुवा किसानलाई ५० प्रतिशत अनुदानमा दिइएको छ । यस्तै नेपालकै बिजु बिरुवा किसानले रु ७५ मा पाएका छन् । कृषि प्राविधिकको अध्ययनबाट ओखरखेतीका लागि ताराखोलाको माटो र हावापानी उपयुक्त देखिएपछि खेती शुरु गरिएको हो ।

“न्यूनतम दुई रोपनी क्षेत्रफलदेखि माथि ओखर खेती गर्ने किसान छन्”, शाखा प्रमुख शर्माले भने, “रु ५५० पर्ने ओखरको बिरुवा किसानले जम्मा रु २५० मा पाएका छन् ।”

पँधेराखोला र बराहखोलामा ठूलो मात्रामा ओखर खेती गर्ने योजनामा किसान छन् । न्यूनतम दश बिरुवासम्म लगाउने किसानले मात्र अनुदान पाएको गाउँपालिकाले जनाएको छ ।

ओखरसँगै किबी र बदामका बिरुवा पनि किसानलाई अनुदानमा वितरण गरिएको छ । हाल आठ हेक्टरमा रहेको किबी खेती विस्तारका लागि यो वर्ष थप एक हजार ६०० बिरुवा अनुदानमा बाँडिएको हो । रु तीन सय पर्ने किबीको बिरुवामा पनि किसानले ५० प्रतिशत अनुदान पाएका छन् ।

यसअघि किबी पकेट क्षेत्रमा समेटिकाबाहेक वडा नं ३ को बराहखोला, पँधेराखोला, वडा नं २ को खुल्डाँडा, हल्पु, नागबेली खोला, वडा नं ५ को औलादी, मपेस, सिपपलगायतका ठाउँमा किबी खेती शुरु गरिएको हो ।

यस्तै ताराखोलामा पहिलोपटक बदाम खेती पनि शुरु गरिएको छ । किसानलाई बदामका ५०० बिरुवा वितरण गरिएको गाउँपालिकाले जनाएको छ । रु पाँच सय पर्ने बदामको बिरुवा अनुदान छुटमा किसानले रु २५० मा पाएका छन् । बिरुवा रोप्नका लागि एक खाल्डो बराबर रु ३० अनुदान किसानलाई उपलब्ध गराइएको छ ।

शाखा प्रमुख शर्माका अनुसार ५०० किसानले ओखर, ५० जनाले किबी र ५० जनाले बदाम खेती शुरु गरेका हुन् । फुलफूल खेतीका लागि सङ्घ सरकारबाट रु सात लाख, गाउँपालिकाको रु सात लाख र बाँकी किसानको लगानी परेको छ । फलफूल खेतीले किसानको जीवनस्तर उकासिने गाउँपालिकाका अध्यक्ष घर्तीको विश्वास छ ।

“कृषि र पशुपालनसँगै स्थानीय उत्पादनमा आधारित उद्यम, व्यवसायबाट गाउँपालिकालाई आत्मनिर्भर बनाउने लक्ष्य लिएका छौँ”, उनले भने । स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरणका लागि गाउँपालिकामा औद्योगिक ग्राम निर्माणको काम पनि अघि बढेको छ ।
रासस

वि.सं.२०७७ माघ २४ शनिवार ११:१० मा प्रकाशित

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

पर्वत । पर्वतको कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्ष विसं २०८३/०८४...

बाँझो जमिनमा स्याउखेती २० रोपनी क्षेत्रमा स्याउखेती

बाँझो जमिनमा स्याउखेती २० रोपनी क्षेत्रमा स्याउखेती

ढोरपाटन (बागलुङ) । तमानखोला गाउँपालिकाले वर्षौंसम्म बाझो रहेको २० रोपनी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

सन्तोष गौतम, म्याग्दी । अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको...

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–८...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...