back
CTIZAN AD

कांग्रेसद्वारा भगीरथी हत्याको दोषीलाई कारवाही गर्न माग

वि.सं.२०७७ माघ २५ आइतवार

669 

shares

२५ माघ, बैतडी । नेपाली कांग्रेस केन्द्रीय महिला विभागले बैतडीको दोगडाकेदार गाउँपालिकामा भगीरथी भट्टको बलात्कार र हत्या घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्न सरकारसँग माग गरेको छ ।

विभागका सचिव लक्ष्मी खतिवडाले आज विज्ञप्तिमार्फत उक्त घटनाको भत्र्सना गर्दै सोको अनुसन्धानमा कुनै लापरवाही नगर्न आग्रह गरेका छन् । विभागले पीडितलाई न्याय दिलाउनका लागि खबरदारी गर्न कांग्रेस बैतडीसँग समन्वय गरी स्थलगत अवलोकनसहित आवश्यक कार्य गर्ने गरी विभागका सदस्य राधिका सिंहलाई खटाएको छ ।

यही माघ २१ गते विद्यालयबाट घर फर्कने क्रममा दोगडाकेदारस्थित सनातन धर्म माविका छात्रा भट्टको लबलेक सामुदायिक वनको जङ्गलमा बलात्कार र हत्याको घटनाले सिङ्गो मुलुकलाई फेरि स्तब्ध बनाएको जनाउँदै विभागले भट्टको परिवारलाई उचित क्षतिपूर्तिको मागसमेत गरेको छ ।

वि.सं.२०७७ माघ २५ आइतवार १६:१२ मा प्रकाशित

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरीले डिउरो जातको बंगुरपालन...

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

दुर्गा देवकोटा, टीकापुर (कैलाली) । एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...