२६ माघ, काठमाडौँ । दक्षिण अफ्रिकी क्रिकेट टिमका ओपनर एडेन माक्रमले पाकिस्तान विरुद्ध सतक जडेका छन । उनले २२१ बलमा आफ्नो टेस्ट क्रिकेट करियरको ५ औँ सतक जडेका हुन ।
टस जितेर पहिलो ब्याटिङ्ग गरेको पाकिस्तान आफ्नो पहिलो इनिङ्गसमा २७२ रनमा अलआउट भएको थियो । पाकिस्तानका लागि ब्याटिङ्गमा फहिम असरफले सर्वाधिक ७८ रन बनाएका थिए भने दक्षिण अफ्रिकाका लागि बलिङ्गमा एनरिज नोत्र्जेले सर्वाधिक ५ विकेट लिएका थिए ।
पाकिस्तान अलआउट भएपछि ब्याटिङ्ग गर्न आएको दक्षिण अफ्रिका आफ्नो पहिलो इनिङ्गसमा २०१ रनमा अलआउट भएको थियो । दक्षिण अफ्रिकाका लागि टेम्बा बबुमाले सर्वाधिक ३७ रन बनाएका थिए भने पाकिस्तानका लागि बलिङ्गमा हसन अलिले ५ विकेट लिएका थिए ।
पहिलो इनिङ्गसमा ७२ रनले लिड लिएको पाकिस्तान दोस्रो इनिङ्गसमा २९८ रनमा अलआउट भएको थियो । पाकिस्तानका लागि दोस्रो इनिङ्गसमा मोहम्मद रिजवानले ११५ रनको सतकीय पारी खेलेका थिए ।
पहिलो इनिङ्गसको ७१ रनको लिग र दोस्रो इनिङ्गस बनाएको २९८ रन जोड्दै पाकिस्तानले दक्षिण अफ्रिकालाई जितको लागि ३७० रनको लक्ष्य दिएको थियो । ३७० रनको विशाल लक्ष्य पछाएको दक्षिण अफ्रिकाले ७४ ओभरमा ३ विकेट गुमाएर २१९ रन बनाएको छ । दक्षिण अफ्रिकाका लागि एडेन माक्रम १०० रनमा ब्याटिङ्ग गरिरहेका छन भने टेम्बा बबुमा ४४ रनमा ब्याटिङ्ग गरिरहेका छन ।
दक्षिण अफ्रिकाले जितको लागि अझै ६३ ओभरमा १५१ रन बनाउन पर्ने छ ।
वि.सं.२०७७ माघ २६ सोमवार १३:०७ मा प्रकाशित




























