back
CTIZAN AD

धरहराको पुनर्निर्माण अन्तिम चरण : २२ तलामध्ये २१ तलाको ढलान सम्पन्न

वि.सं.२०७७ माघ २६ सोमवार

810 

shares

काठमाडौं, २६ माघ । ऐतिहासिक सम्पदा धरहराको पुनर्निमाणको काम करिब अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीका अनुसार अब एक तलाको मात्रै ढलानको काम बाँकी छ ।

उनका अनुसार २१ औं तलासम्मको ढलानको काम सम्पन्न भईसकेको छ । ज्ञवालीले जनाएअनुसार २२ औं तलाको ढलानपछि धरहराको शिरानमा पुरानै गजुर राखिनेछ ।

धरहराको पुनर्निर्माण २०७५ असोज २० देखि सुरु भएको थियो । यसको पुनर्निर्माणको जिम्मा रमन कन्सट्रक्सनले अनुमानित ३ अर्ब ४८ करोड रुपैयाँ लागतमा लिएको थियो ।

नयाँ धरहरा देख्दा पुरानै जस्तो हुने

भीमसेन थापाले वि.सं. १८८२ मा निर्माण गरेको ११ तले धरहरा वि.सं. १९९० मा आएको भूकम्पमा क्षतिग्रस्त बन्न पुगेको थियो । त्यससमय धरहरा ११ तलाबाट ९ तलामा सीमित भएको थियो ।

त्यसपश्चात २०७२ वैशाख १२ मा आएको विनाशकारी भूकम्पले धरहरा पूर्णं क्षतिग्रस्त बन्न पुग्यो । पूर्णं क्षति भएपश्चात सरकारले पुर्ननिर्माणको काम अगाडि बढाएको हो ।

यसपटक बन्ने नयाँ धरहरा भित्रबाट २२ तला र बाहिरबाट देख्दा ११ तलाको हुनेछ । धरहरा भिमसेन थापाले बनाएजस्तै देखिनेछ । साथै नयाँ बन्ने धरहरा भूकम्पप्रतिरोधात्मक पनि हुनेछ । धरहरामा पहिलो जस्तै भ¥याङसँगै लिफ्टको व्यवस्था पनि हुनेछ ।

वि.सं.२०७७ माघ २६ सोमवार १७:१५ मा प्रकाशित

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

काठमाडौँ । महालक्ष्मी विकास बैंकको काठमाण्डौं जिल्ला का.म.न.पा वडा न....

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

ढोरपाटन (बागलुङ) । समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै...

देशका केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

देशका केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आगामी दुई...

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...