back
CTIZAN AD

सुर्खेतमा श्री एयरलायन्सको परीक्षण उडान शुरु

वि.सं.२०७७ माघ २६ सोमवार

639 

shares

२६ माघ, कर्णाली । निजी वायु सेवा कम्पनी श्री एयरलाइन्सले काठमाडौँ–सुर्खेत विमानस्थलमा परीक्षण उडान शुुरुआत गरेको छ ।

काठमाडौँ–सुर्खेत सिधा परीक्षण उडान शुरु गरेको श्री एयरलाइन्सको ८० सिट क्षमताको क्युआर–८०० जहाजले आज बिहान १०ः३५ मिनेटमा धावनमार्गमा अवतरण गरेको नागरिक उड्डयन कार्यालय सुर्खेतका प्रमुख उमेश पन्थीले जानकारी दिए ।

“चालक भरतसिंह थापाको नेतृत्वमा जहाज सुर्खेत विमानस्थलमा अवतरण गरेको हो”, उनले भने, “अब नियमित उडान गर्दा कतिसम्म भार बहन गर्न सकिन्छ भन्नेबारे एयरलाइन्सका प्राविधिकले अध्ययन गर्छन् होला ।”

उनले २० देखि २२ डिग्री सेल्सियस तापक्रमसम्म क्षमताअनुसारको लोड ल्याउन सकिने चालकले जानकारी गराएको बताए । कार्यालय प्रमुख पन्थीका अनुसार जहाँजका लागि रनवे उपयुक्त रहेको तर नियमित उडानका लागि श्री एयरलायन्स कम्पनीले बजारको अवस्था अध्ययन गर्ने बताएको छ ।
रासस

वि.सं.२०७७ माघ २६ सोमवार १६:२२ मा प्रकाशित

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णाली । कर्णाली प्रदेश रङ्गशालामा ‘नेपाल लेजेन्ड्स’ र ‘कर्णाली लेजेन्ड्स’बीच...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–७ सांगेतडामा दुर्घटनामा...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन

डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन

जुम्ला । डिभिजन वन कार्यालय जुम्लाले चालु आर्थिक वर्षको ११...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...