back
CTIZAN AD

स्रोत नखुलेको ५६ लाख बराबरको चेक र नगद रकमसहित चार पक्राउ

वि.सं.२०७७ माघ २७ मंगलवार

648 

shares

२७ माघ, काठमाडौं । प्रहरीले स्रोत नखुलेको ५२ लाख बराबरको चेक र रकमसहित ४ जनालाई पक्राउ गरेको छ ।

रौतटहको गौर नगरपालिका-४ वसपार्क नजिक सडकबाट स्रोत नखुलेको २१ लाख ९० हजार रूपैयाँ र ३१ लाख १६ हजार रुपैयाँ बराबरको ५ थान बैंक चेक सहित परोहा नगरपालिका–१ जिंगडवा वेलविछुवाका २७ वर्षीय मोहम्मद दिलसाद आलमलाई प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको हो ।
नम्बर नभएको रातो रंगको स्कुटरमा उक्त रकम साथमा बोकी हिँडेको भन्ने खबर प्राप्त हुनासाथ २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय रौतहटको प्रहरी टोलीले विभिन्न दरको उक्त रकम र आलमको नामको उक्त चेक सहित फेला पारी पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारवाहीको लागि सम्पत्ति सुद्धिकरण विभागमा पठाइएको तथा नम्बर नखुलेको स्कुटरको कारवाहीको लागि भंसार कार्यालय गौरमा पठाइएको बताइएको छ ।

सर्लाही, मलंगवा नगरपालिका–५ बाट स्रोत नखुलेको ३ लाख रूपैयाँ सहित ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मलंगवा नगरपालिका–३ का २३ वर्षीय सरताज मिकरानी, सोही नगरपालिका-५ बस्ने २० वर्षीय सैफली मिकरानी र २५ वर्षीय तस्बिर मिकरानी रहेका छन् ।

प्रहरी चौकी भाडसरबाट खटिएको प्रहरी टोलीले बिआर ०६ सी १६०६ नम्बरको मोटरसाइकल चालक सरताज मिकरानीलाई जाँच गर्दा उनको साथबाट उक्त रकम फेला पारी पक्राउ गरेको हो । साथै सो रकम लिन गएको बिआर ३० टि ५७७९ नम्बरको मोटरसाइकल चालक सैफली मिकरानी र मोटरसाइकलमा सवार तस्बिर मिकरानी समेतलाई आवश्यक अनुसन्धानको लागि प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

वि.सं.२०७७ माघ २७ मंगलवार १३:०३ मा प्रकाशित

रास्वपा महाधिवेशनः नयाँ नेतृत्वमा रवि, बालेन र स्वर्णिम सर्वसम्मत

रास्वपा महाधिवेशनः नयाँ नेतृत्वमा रवि, बालेन र स्वर्णिम सर्वसम्मत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आगामी नेतृत्वका लागि तीन...

रास्वपा महाधिवेशनः मतदान भोलि

रास्वपा महाधिवेशनः मतदान भोलि

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नयाँ नेतृत्व चयनका लागि...

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

कास्की । पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणको योजनामा रहेको पोखरा महानगरपालिकाले...

रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९

रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनका निम्ति तीन...

रास्वपा महाधिवेशन: बन्दसत्र १ बजेबाट सुरू हुने

रास्वपा महाधिवेशन: बन्दसत्र १ बजेबाट सुरू हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन अन्तर्गत बन्दसत्र दिउँसो...

विष्णु पौडेल पक्राउ प्रकरणः एमाले संसदीय दल र सचिवालय बैठक बस्दै

विष्णु पौडेल पक्राउ प्रकरणः एमाले संसदीय दल र सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेले संसदीय दल र केन्द्रीय सचिवालय बैठक...