back
CTIZAN AD

ढल व्यवस्थापन नहुँदा भोजपुर बजार क्षेत्र दुगन्धित

वि.सं.२०७७ माघ २७ मंगलवार

876 

shares

२७ माघ, भोजपुर । ढलको व्यवस्थापन नहुँदा भोजपुर बजार क्षेत्रको पूर्व तर्फको भाग दुगन्धित बनेको छ ।

सेफ्टिट्याङ्कीको उचित व्यवस्थापनमा स्थानीय बजारवासीले बेवास्ता गरेपछि बाटोमा हिँड्ने बटुवा, विद्यार्थी र दलितबस्तीलाई ढलको दुर्गन्धले सास्ती दिएको हो ।

भोजपुर नगरपालिका– ७ र ९ का करीब ५० घरबाट निस्कने उक्त ढल बगेपछि स्थानीय दलितबस्तीलाई दुर्गन्धित बनाएको हो । मानव स्वास्थ्यमा गम्भीर असर पुग्ने ढलको दुर्गन्धले दैनिक जीवनयापन गर्न समस्या भएको स्थानीयवासी गोविन्द सुन्दासले बताए । घरमा बसिसक्ने अवस्था छैन, ढलको दुर्गन्धले घरबन्द गर्नुपर्ने अवस्था छ’’, उनले भने, स्थानीय बजारवासीको लापरवाहीका कारण बगेको ढलको दुर्गन्धमा कति बस्ने, कसैले चासो नै दिँदैनन् ।’’

एक घर एक सेफ्टिट्याङ्कीको अवधारणा अनुरुप सेफ्टिट्याङकी राख्नुपर्ने भए पनि उक्त ५० घरको ढल एउटै सेफ्टिट्याङ्कीमा मिसाइएको छ । उक्त साँधुरो सामूहिक सेफ्टिट्याङ्कीमा जम्मा भएको फोहर पानी र दूषित बस्तु भरिएपछि खोल्सा हुँदै बग्न थालेपछि दुर्गन्धित बनेको हो । दुर्गन्धले सार्वजनिक पैदलबाटोमा हिँड्ने विद्यार्थी र बटुवालाई झन सास्ती दिएको छ । नाक थुनेर पनि बसि नसक्ने अवस्थाले स्वास्थ्यमा गम्भिर असर पुग्ने स्थानीयवासी माया श्रेष्ठले बताइन् ।

उक्त बगिरहेको दुर्गन्धित ढल व्यवस्थापनका लागि निवेदन गरिए पनि कुनै पहल नभएको स्थानीयवासी रञ्जित राईले सुनाए । उनले भने, हामीले दुर्गन्ध फैलाइरहेको ढल व्यवस्थापनको विषयमा नगरपालिकामा निवेदन ग¥योँ । कुनै ठोस प्रतिक्रिया आएको छैन, ढल उपभोक्ता समितिलाई पनि बोलाएर स्थलगत अध्ययन गर्दा पनि उनीहरुले वास्तै गरेनन्, अहिले यस्तो अवस्था भोग्न बाध्य भएका छौँ ।”

यता नगरपालिकाले पनि स्थानीय बजारवासीकै लापारवाहीका कारण दुर्गन्धको स्थिति पैदा भएको जनाएको छ । बजारवासीलाई एक घर एक सेफ्टिट्याङ्की’ बनाउन प्रतिबद्धता गराई दुईवर्ष अघि खुला दिशामुक्त नगर घोषणा गर्ने अभियानमा सहयोग पु¥याउन नगरपालिकाले सामूहिक सेफ्टिट्याङ्की बनाउन सहयोग गरेको थियो ।

सो घोषणा अभियानपछि पनि स्थानीयवासीले आ–आफ्नो सेफ्टिट्याङ्की बनाउन अटेरीपन देखाएपछि यो समस्या आएको नगरपालिकाका प्रमुख कैलाशकुमार आलेले बताए । उनले भने, “हामीले पहिल्यै प्रतिबद्धता गरायौँ तर अहिलेसम्म एउटा सेफ्टिट्याङ्की बनाएनन्, भएको उक्त सामूहिक सेफ्टिट्याङ्कीको पनि सदुपयोग नगर्दा दुर्गन्ध फैलिएको छ, ढल उपभोक्ता समितिकै कमजोरी छ । ’’

यता ढल उपभोक्ता समितिले ढल व्यवस्थापनमा नगरपालिकाले वास्ता नगरेको बताएको छ । उपभोक्ता समितिका सदस्य रामचन्द्र श्रेष्ठले भने, हामीले तत्कालका लागि एक घर एक सेफ्टिट्याङ्की बनाउन नसकेपछि ढलको समस्या लिएर हामी पटकपटक नगरपालिका धायौँ तर कुनै प्रतिक्रिया आएन, हामी पनि यो समस्या भोग्न बाध्य छौँ ।
रासस

वि.सं.२०७७ माघ २७ मंगलवार १५:५३ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

कोरियाबाट फर्केर नर्सरी व्यवसायमा फिलिप, टिकटकबाटै बेच्छनन् विरुवा

कोरियाबाट फर्केर नर्सरी व्यवसायमा फिलिप, टिकटकबाटै बेच्छनन् विरुवा

भद्रपुर (झापा) । वैदेशिक रोजगारीका लागि लामो समय विदेशमा पसिना...

तुर्के पुल-झ्याउपोखरी-फालिदोबाटो सडकः १४ किमी कालोपत्र

तुर्के पुल-झ्याउपोखरी-फालिदोबाटो सडकः १४ किमी कालोपत्र

भोजपुर । भोजपुरको षडानन्द नगरपालिकामा निर्माणाधीन तुर्के पुल–झ्याउपोखरी–साम्पाङ–फालिदोबाटो सडक कालोपत्र...

दुई भारतीय पक्राउ

दुई भारतीय पक्राउ

उदयपुर (गाईघाट) । उदयपुरगढी गाउँपालिकाबाट सुनको गहना सफा गरिदिने भन्दै...

थुम्लुङ खोलामा पक्की पुल निर्माण हुँदै

थुम्लुङ खोलामा पक्की पुल निर्माण हुँदै

भोजपुर । भोजपुरको तेजिङ–हिलारी राजमार्गअन्तर्गत पर्ने थुम्लुङ खोलामा पक्की पुल...

कोशी प्रदेशमा ४४ वटा एफएम रेडियो बन्द

कोशी प्रदेशमा ४४ वटा एफएम रेडियो बन्द

झापा । कोशी प्रदेशमा रहेका एफएम रेडियोहरू धमाधम बन्द हुन...