back
CTIZAN AD

रामकुमारी झाँक्रीलाई पक्राउ गर्न चर्को दबाब, काठमाडौं आएसँगै पक्राउ गर्ने तयारी

वि.सं.२०७७ माघ २७ मंगलवार

759 

shares

माघ २७, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीमाथि टिप्पणी गरेर चर्चामा आएकी नेकपाको प्रचण्ड–नेपाल पक्षकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न चर्को दबाब परेको छ । उनलाई काठमाडौं उपत्यका प्रवेश गरेसँगै पक्राउ गर्ने तयारीसमेत रहेको प्रहरी उच्च स्रोतले बतायो ।

देश दौडाहामा रहेकी झाँक्री बुधबारको शक्ति प्रदर्शनको लागि काठमाडौं आउने तयारीमा छिन् । उनी हाल पार्टी कार्यक्रमको लागि बाग्लुङ छिन् ।

केहि साता अघि गोरखामा भएको एक कार्यक्रममा झाँक्रीले राष्ट्रपति भण्डारीलाई बडामहारानी भन्दै सेतो सारी लगाएर चुनावमा आउन भनेकी थिइन् । उनले मदन भण्डारीको हत्यापछि सेतो सारीलाई ल्याएर एमालेले शक्ति आर्जन गर्ने गलत सांस्कृतिक अभ्यास गरेको र त्यसैको प्रत्युत्पादन विद्या भण्डारी भएको टिप्पणी गरेकी थिइन् ।

याे पनि…

रामकुमारी झाँक्रीलाई राष्ट्रपतिकी छोरी उषाकिरणको प्रश्न – के मेरी आमाको रातो सारी फिर्ता ल्याउन सक्नुहुन्छ ?

उषाकिरणलाई नेतृ उर्मिला अर्यालको सुझाब – प्रतिगमनकारी बनेकी आमाबाट विद्रोह गर !

उनले भनेकी थिइन्,‘राष्ट्रपतिका कुरा त के गर्नु, म बडामहारानीलाई गोरखाबाटै सन्देश दिन चाहन्छु( निर्वाचनको तयारीका लागि सुखसुविधा ऐस आराम छाडेर शितलनिवास छाडेर पहिला कोटेश्वरमा आउनुहोस्, चाबहिल कि कता बानेश्वरतिर बसाईँ छ भन्ने सुन्या छु, होइन भने बालकोटै गए पनि हुन्छ ।’

झाँक्रीको अभिव्यक्तिमाथि प्रश्न उठाउँदै ओली पक्षीय महिला संघले पक्राउ गरि कारबाही गर्न माग गर्दै गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझाएको थियो । झाँक्रीले राष्ट्रपति भण्डारीको चरित्रहत्या गरेको उनीहरुको भनाई छ ।

वि.सं.२०७७ माघ २७ मंगलवार १६:०४ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...