back
CTIZAN AD

रामकुमारी झाँक्रीलाई राष्ट्रपतिकी छोरी उषाकिरणको प्रश्न – के मेरी आमाको रातो सारी फिर्ता ल्याउन सक्नुहुन्छ ?

वि.सं.२०७७ माघ १९ सोमवार

1.4K 

shares

माघ १९, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी उषाकिरणले रामकुमारी झाँक्रीको पछिल्लो अभिव्यक्तिमाथि आपत्ती जनाएकी छिन् । उनले झाँक्रीको अभिव्यक्ति आपराधीक खालको भएको पनि टिप्पणी गरेकी छिन् ।

सामाजिक सञ्जालमार्फत उषाकिरणले आफ्नी आमाको सिन्दुर पोते फिर्ता गरेर भोग गरेको जीवन लिएर जान पनि झाँक्रीलाई चुनौति दिएकी छिन् । ‘झाँक्रीलाई नेता मान्ने र सम्पर्कमा भएकोले यो छोरीको प्रश्न सुनाइदिनु’, सामाजिक सञ्जालमा उषाकिरणले भनेकी छिन्, ‘यदि तपाईंलाई लाग्छ आफ्नो माया, आफ्नो जीवनसाथीभन्दा माथी क्यारियर महत्वकांक्षा हो भने, ठाउँ साटौ, तपाईं उहाँको सिन्दूर पोते रातो सारी, हाम्रो बाबा, हाम्रो बाल्यकाल फिर्ता ल्याइदिनुस अनि तपाईंलाई हामीसँग त्यस्तो नाफा भएको के छ जस्तो लाग्छ । लिएर जानुस ।’

केहि दिन अघि एक सार्वजनिक भाषणका क्रममा झाँक्रीले मदन भण्डारीको हत्यापछि सेतो सारीलाई ल्याएर एमालेले शक्ति आर्जन गर्ने गलत सांस्कृतिक अभ्यास गरेको र त्यसैको प्रत्युत्पादन विद्या भण्डारी भएको टिप्पणी गरेकी थिइन् । उनले भण्डारीलाई सेतो सारी लगाएर चुनावमा आउन पनि चुनौति दिएकी थिइन् ।

झाँक्रीको भनाई सार्वजनिक भए लगत्तै उषाकिरणले यस्तो टिप्पणी गरेकी हुन् ।

यस्तो छ उषाकिरणको फेसकुब स्टाटस

मेरो momले मलाई बोलाउनु भयो अनि भन्नुभयो- सबै leadershipमा रहेका महिलाहरूलाई घिनलाग्दो आक्षेप लगाउछन- पहिलेको समयमा…

Posted by उषा किरण on Sunday, January 31, 2021

वि.सं.२०७७ माघ १९ सोमवार १४:२२ मा प्रकाशित

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

ढोरपाटन (बागलुङ) । समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै...

देशका केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

देशका केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आगामी दुई...

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...