back
CTIZAN AD

यस्तो छ हेर्नुहोस् नेपालमा माघ २७ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ माघ २७ मंगलवार

696 

shares

२७ माघ, काठमाडौं । नेपालमा मंगलबार (२७ माघ) सम्म पिसीआर प्रविधिबाट २१ लाख १ हजार ५९ वटा कोरोना भाइरस (कोभिड–१९) को नमुना परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा देशैभरी पिसीआर प्रविधिबाट ४ हजार ३०९ नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी हालसम्म देशैभरी कोरोनाका सक्रिय संक्रमित १७३७ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ८२४ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या ९०९ रहेको छ ।

त्यस्तै देशभरका विभिन्न अस्पतालका आइसीयुमा ६४ जना संक्रमित उपचाररत छन् । मन्त्रालयका अनुसार प्रदेश १ मा ३ जना, बागमती प्रदेशमा ३० जना, गण्डकी प्रदेशमा २, लुम्बिनी प्रदेशमा २७ जना तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा १\१ जना गरी जम्मा ६४ जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी बागमती प्रदेशमा १३ जना र लुम्बिनी प्रदेशमा २ जना गरी जम्मा १३ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला काठमाडौं रहेको छ भने क्वारेन्टिनमा ९२ जना रहेका छन् । साथै शून्य संक्रमित रहेका जिल्लाहरुमा भोजपुर, संखुवासभा, सोलुखुम्बु, मुस्ताङ, कालिकोट, रुकुमपश्चिम, मुगु र अछाम रहेका छन् ।

आज थपिएका १६० जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख ७२ हजार २१५ पुगेको छ । साथै आज १६५ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ६८ हजार ४३१ पुगेको छ । कूल संक्रमित मध्ये निको हुनेको यो दर ९८.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको निधन भएको छ । आज थपिएका २ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट निधन हुनेको संख्या २०४७ रहेको छ ।

२४ घण्टामा देशैभरी थपिए १६० जना कोरोना संक्रमित, २ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा देशैभरी १६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ४,३०९ नमुना परीक्षणमा उपत्यकाका ७९ जनासहित १६० जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा महिला ६१ र पुरुष ९९ जना रहेका छन् । आज थपिएका १६० जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ७२ हजार २१५ पुगेको छ ।

त्यसैगरी आज देशैभरी १६५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका १६५ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कूल संख्या २ लाख ६८ हजार ४३१ पुगेको छ । निको हुनेको यो दर ९८.६ प्रतिशत हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशैभरी २ संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार आज थपिएका २ जनासँगै संक्रमणबाट ज्यान गुमाउनेको संख्या २०४७ पुगेको छ ।

कति छन् त सस्थागत आइसोलेशनमा ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ८२४ जना कोरोना संक्रमित होम संस्थागत रहेका छन् ।

जसमा प्रदेश १ मा ४, बागमती प्रदेशमा ६२८, गण्डकी प्रदेशमा २६ लुम्बिनी प्रदेशमा १०४, कर्णाली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा ६० जना गरी ८२४ जना विभिन्न अस्पताल तथा संस्थागत आइसोलेशन उपचारत छन् । साथै होम आइसोलेशनमा ९०९ जना रहेको मन्त्रालयले दिएको विवरणमा उल्लेख छ ।

यस्तो छ हेर्नुहोस् नेपालमा २६ माघसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ माघ २७ मंगलवार १६:१२ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...