back
CTIZAN AD

यस्तो छ हेर्नुहोस् नेपालमा २६ माघसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ माघ २६ सोमवार

795 

shares

२६ माघ, काठमाडौं । नेपालमा सोमबार (२६ माघ) सम्म पिसीआर प्रविधिबाट २० लाख ९६ हजार ७५० वटा कोरोना भाइरस (कोभिड (१९) को नमुना परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा देशैभरी पिसीआर प्रविधिबाट ३,३३३ नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी हालसम्म देशैभरी कोरोनाका सक्रिय संक्रमित १७४४ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ८९८ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या ८४६ रहेको छ ।

त्यस्तै देशभरका विभिन्न अस्पतालका आइसीयुमा ६३ जना संक्रमित उपचाररत छन् । मन्त्रालयका बागमती प्रदेशमा ३४, गण्डकी प्रदेशमा १, लुम्बिनी प्रदेशमा २७ जना र कर्णाली प्रदेशमा १ जना गरी जम्मा ६३ जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी बागमती प्रदेशमा १४ जना, लुम्बिनी प्रदेशमा २ जना र कर्णाली प्रदेशमा १ जना गरी जम्मा १७ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला काठमाडौं रहेको छ भने क्वारेन्टिनमा ९२ जना रहेका छन् । साथै शून्य संक्रमित रहेका जिल्ला कालिकोट, रुकुमपश्चिम र मुगु रहेको छ ।

आज थपिएका १३० जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख ७२ हजार ५५ पुगेको छ । साथै आज १९४ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ६८ हजार २६६ पुगेको छ । कूल संक्रमित मध्ये निको हुनेको यो दर ९८.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको निधन भएको छ । आज थपिएका ७ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट निधन हुनेको संख्या २०४५ रहेको छ ।

आज १३० जनामा कोरोना संक्रमण, १९४ जना निको, ७ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा देशैभरी १३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ३,३३३ नमुना परीक्षणमा उपत्यकाका ५८ जनासहित १३० जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा महिला ६१ र पुरुष ६९ जना रहेका छन् । आज थपिएका १३० जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ७२ हजार ५५ पुगेको छ ।
त्यसैगरी आज देशैभरी १९४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका १९४ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कूल संख्या २ लाख ६८ हजार २६६ पुगेको छ । निको हुनेको यो दर ९८.६ प्रतिशत हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशैभरी ७ संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार आज थपिएका ७ जनासँगै संक्रमणबाट ज्यान गुमाउनेको संख्या २०४५ पुगेको छ ।

केहिदिनदेखि कोरोना संक्रमणबाट मृत्युहुनेको संख्या घट्दै गएको भएपनि आज एकैदिन ७ जनाको मृत्यु भएको हो ।

कति छन् त सस्थागत आइसोलेशनमा ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ८९८ जना कोरोना संक्रमित होम संस्थागत रहेका छन् ।

जसमा बागमती प्रदेशमा ७००,गण्डकी प्रदेशमा २६ लुम्बिनी प्रदेशमा १०४, कर्णाली प्रदेशमा ५ र सुदूरपश्चिम प्रदेशमा ६३ जना गरी ८९८ जना विभिन्न अस्पताल तथा संस्थागत आइसोलेशन उपचारत छन् । साथै होम आइसोलेशनमा ८४६ जना रहेको मन्त्रालयले दिएको विवरणमा उल्लेख छ ।

यस्तो छ हेर्नुहोस् नेपालमा हालसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ माघ २६ सोमवार १७:४१ मा प्रकाशित

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

ढोरपाटन (बागलुङ) । समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै...

देशका केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

देशका केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आगामी दुई...

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...