back
CTIZAN AD

यस्तो छ हेर्नुहोस् नेपालमा हालसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ माघ २५ आइतवार

723 

shares

२५ माघ, काठमाडौं । नेपालमा आइतबार (२५ माघ) सम्म पिसीआर प्रविधिबाट २० लाख ९३ हजार ४१७ वटा कोरोना भाइरस (कोभिड -१९) को नमुना परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा देशैभरी पिसीआर प्रविधिबाट २,२५१ नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी हालसम्म देशैभरी कोरोनाका सक्रिय संक्रमित १८५१ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ९३१ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या ८८४ रहेको छ ।

त्यस्तै देशभरका विभिन्न अस्पतालका आइसीयुमा ५६ जना संक्रमित उपचाररत छन् । मन्त्रालयका बागमती प्रदेशमा २५, गण्डकी प्रदेशमा ३, लुम्बिनी प्रदेशमा २६, कर्णाली र सुदूरपश्चिम प्रदेशमा १\१ जना गरी जम्मा ५६ जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी बागमती प्रदेशमा ८ जना, लुम्बिनी प्रदेशमा २ र कर्णाली प्रदेशमा १ जना गरी जम्मा ११ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला काठमाडौं रहेको छ भने क्वारेन्टिनमा ९२ जना रहेका छन् । साथै शून्य संक्रमित रहेका जिल्ला कालिकोट, रुकुमपश्चिम र मुगु रहेको छ ।

आज थपिएका ११९ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख ७१ हजार ९२५ पुगेको छ । साथै आज २६० जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ६८ हजार ७२ पुगेको छ । कूल संक्रमित मध्ये निको हुनेको यो दर ९८.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट निधन हुनेको संख्या २ रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपालमा हालसम्म कोरोना संक्रमणबाट निधन हुनेको संख्या २०३८ रहेको छ ।

आज देशैभरी थपिए ११९ कोरोना संक्रमित, २६० जना निको, २ जनाको मृत्यु
आज देशैभरी ११९ जनामा कोरोना संक्रमिण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशैभरी गरिएको २,२५१ नमुना परीक्षणमा उपत्यकाका ५५ जनासहित ११९ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेमा महिला ३६ र पुरुष ८३ जना रहेका छन् । आज थपिएका ११९ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ७१ हजार ९२५ पुगेको छ ।
त्यसैगरी आज देशैभरी २६० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका २६० जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कुलसंख्या २ लाख ६७ हजार ७२ पुगेको छ । निको हुनेको यो दर ९८.६ प्रतिशत हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशैभरी २ संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार आज थपिएका २ जनासँगै संक्रमणबाट ज्यान गुमाउनेको संख्या २,०३८ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो चरणमा कोरोनाबाट संक्रमण हुने र मृत्यु हुनेको संख्या घट्दै गइरहेको छ ।

कति छन् त सस्थागत आइसोलेशनमा ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ९३१ जना कोरोना संक्रमित होम संस्थागत रहेका छन् ।

जसमा बागमती प्रदेशमा ७००,गण्डकी प्रदेशमा २५ लुम्बिनी प्रदेशमा १३६, कर्णाली प्रदेशमा ५ र सुदूरपश्चिम प्रदेशमा ६५ जना गरी ९३१ जना विभिन्न अस्पताल तथा संस्थागत आइसोलेशन उपचारत छन् । साथै होम आइसोलेशनमा ८८४ जना रहेको मन्त्रालयले दिएको विवरणमा उल्लेख छ ।

वि.सं.२०७७ माघ २५ आइतवार १६:५५ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...