back
CTIZAN AD

नेप्सेमा पहिरो, विकास बैंक र वित्त समूहले कमाए

वि.सं.२०७७ माघ २७ मंगलवार

783 

shares

२७ माघ, काठमाडौँ । साताको तेस्रो दिन मंगलबार नेप्सेमा पहिरो गएको छ । विकास बैँक र वित्त समूह बाहेकाका सबै कम्पनीको परिसूचक राताम्मे देखिएको छ ।

आज बजार परिसूचक २९ दशमलव ०१ अंकले ओरालो लागेर समग्र परिसूचक २५३२ दशमबल ४६ बिन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ पनि ४ दशमलब ८९ अंकले घटेर ४६१ दशमलब ७० अंकमा पुगेको छ ।

आज कुल सूचिकृतमध्ये १९४ कम्पनीकाे ८ अर्ब १४ करोड ६२ लाख ६९ हजार १९३ रुपैंयाँ बराबरका १ करोड ५९ लाख ८५ हजार १९८ कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा ७१ हजार ११२ पटक लेनदेन भएको छ ।

कारोबार रकमको आधारमा ग्रमीण विकास लघुवित्त, प्रभु बैंक, ग्लोबल आईएमई बैंक लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा प्रभु बैंक, सानिमा इक्वीटी फण्ड, ग्लोबल आईएमई बैंक लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।

आज सबैभन्दा धेरै गुडविल फाइनान्स लगानीकर्ताहरुले कमाएका छन् । उनीहरुले ९.९२ प्रतिशतले कामएका हुन । त्यस्तै श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, समृद्धि फाइनान्स लगायतका कम्पनीका लगनीकर्ताहरुले उच्च अंकले कमाउदाँ सर्पोट माइक्रोफाइनान्स, निर्धान उत्थान लघुवित्त, माउटेन इनर्जीका लगायतका लगानीकर्ताहरु गुमाउनेमा परेका छन ।

आज भएको कारोबारमा ३२ कम्पनी लागनीकर्ताले कमाउदाँ १२५ कम्पनीमा लगानीकर्ताले गुमाएका छन भने ७ कम्पनीको सूचकमा कुनै पनि फेरबदल भएको छैन ।

वि.सं.२०७७ माघ २७ मंगलवार १६:१७ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...