back
CTIZAN AD

सेनाले सुदृढीकरण र दिगोपना कार्यक्रम गर्दै

वि.सं.२०७७ माघ २८ बुधवार

729 

shares

२८ माघ, काठमाडौँ । नेपाली सेनाले सङ्गठनात्मक परिवर्तन, सुदृढीकरण र दिगोपनसम्बन्धी विषयलाई केन्द्रित गरी एक बृहत् गोष्ठी गर्ने भएको छ । सेनाको सङ्गठनात्मक संस्कृति, सञ्चालन प्रक्रिया र हाल थालनी गरिएका सुधारका कदमलाई संस्थागत गर्दै उस्तै प्रकृतिका कार्यक्रमलाई दिगो तुल्याउन व्यवस्थापन र सुदृढीकरणका सैद्धान्तिक र व्यावहारिक आधार तयार पार्ने उद्देश्य कार्यक्रममा रहेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए।

प्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्नो कार्यकालको तेस्रो वर्षलाई सुदृढीकरण र दिगोपनको वर्ष घोषणा गरेअनुरूप त्यसमा आधारित सेनाले फागुन २ देखि ५ गते उक्त कार्यक्रम गर्न लागेको हो ।

सेनाका विशिष्ट श्रेणी, रक्षा मन्त्रालय र अरु सुरक्षा निकायका उच्च अधिकारीको सहभागिता रहने उक्त कार्यक्रममा गैरसैनिक विषयविज्ञबीच समेत प्रस्तुतीकरण र छलफल गरी निष्कर्ष निकालिने बताइएको छ ।

सङ्गठनमा विद्यमान पद्दति र प्रणालीलाई सुदृढ गर्दै लैजान र भविष्यमा परिवर्तन व्यवस्थापनको कार्यलाई सम्पादन गर्ने दायित्व भएका भावी पुस्ताको नेतृत्वलाई उक्त प्रक्रियामा हिस्सेदार र जिम्मेवार बनाउँदै लैजाने उद्देश्यले कार्यक्रम गर्न लागिएको सेनाले जानकारी दिएको छ ।
रासस

वि.सं.२०७७ माघ २८ बुधवार १०:५२ मा प्रकाशित

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कलाई थप स्वायत्त, उत्तरदायी र प्रविधिमैत्री...

टेबलटेनिसमा नेपालकी योङ्गी पौडेल पहिलो

टेबलटेनिसमा नेपालकी योङ्गी पौडेल पहिलो

काठमाडौँ । दक्षिण कोरियामा भएकोे याङ योङ जा टेबलटेनिस मिसन...

तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूससम्बन्धी मुद्दामा प्रतिकूल बकपत्र...

श्री जनज्योति माविमा सुविधा सम्पन्न कक्षाको शुभारम्भ, कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

श्री जनज्योति माविमा सुविधा सम्पन्न कक्षाको शुभारम्भ, कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

देवचुली (नवलपुर) । सामुदायिक विद्यालयप्रतिको विश्वास बढाउँदै गुणस्तरीय र प्रविधिमैत्री...

दुई जनाको मृत्यु

दुई जनाको मृत्यु

बागमती । हेटौँडा उपमहानगरपालिका–१ चौकी टोलमा श्रीमान्को कुटपिटबाट एक महिलाको...

नेप्से परिसूचक नौ दशमलव चौबिस अङ्कले ओरालो

नेप्से परिसूचक नौ दशमलव चौबिस अङ्कले ओरालो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...