back
CTIZAN AD

वृहत् नागरिक आन्दोलनले माघ ३० गते ‘सिंहदरबार महिला मार्च’ गर्ने

वि.सं.२०७७ माघ २८ बुधवार

570 

shares

२८ माघ, काठमाडौं । वृहत् नागरिक आन्दोलनले ‘सिंहदरबार महिला मार्च’ गर्ने भएको छ ।

माघ ३० गते शुक्रबार बसन्तपुर-न्यूरोड-रत्नपार्क-भद्रकाली-सिंहदरबार मूलगेटसम्म गरिने सिंहदरबार महिला मार्चमा सहभागी हुन् अपिल गरिएको छ ।

नागरिक आन्दोलनका तर्फबाट मोहना अन्सारी, प्रणेता, कैलाश राई, अर्चना थापा, प्रणिका कोयू, दोभान राई, रिता साह, प्रकृति भट्टराई बस्नेत र रिता परियाले मार्चपासमा सहभागी हुन अपिल गरेका हुन् ।

‘समाजमा दोस्रो दर्जा तोक्यौ, संविधानमा न्यासंगत हुन दिएनौं, राज्य फेरिएको दावी गर्यौ हाम्रो नियति फेर्न दिएनौं । ए पृतसत्ताका रक्षकहरु हो नयाँ खोलमा पूराना नंग्रा कतिन्जेल लुकाउँछौं ?’ मार्चपासमा सहभागी हुन भन्दै गरिएको अपिलमा भनिएको छ, ‘सडकबाट चुनौति दिन्छौं– एकपछि अर्को बलात्कारलाई मूकदर्शक भइ हेर्नु, एकपछि अर्को बलात्कारीको सुरक्षा गर्ने, सयौ अपराधिको पहरेदार गर्ने तिम्रो सत्ता हामीलाई चाहिँदैन । यसलाई अब कसरी र कहिलेसम्म टिकाउँछौं ?’

मैना सुनुवारदेखि निर्मला पन्तसम्म, अंगिरा पासीदेखि भागरथी भट्टसम्म यो सिलसिला अब सधैका लागि बन्द गरिनुपर्ने र पुरुष प्रधान र कानुन र सत्ताको आडमा कुनै अपराधि र बलात्कारीले उन्मुक्ति पाउनु नहुने पनि उक्त संयुक्त अपिलमा भनिएको छ ।

 

वि.सं.२०७७ माघ २८ बुधवार १०:४९ मा प्रकाशित

तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूससम्बन्धी मुद्दामा प्रतिकूल बकपत्र...

श्री जनज्योति माविमा सुविधा सम्पन्न कक्षाको शुभारम्भ, कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

श्री जनज्योति माविमा सुविधा सम्पन्न कक्षाको शुभारम्भ, कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

देवचुली (नवलपुर) । सामुदायिक विद्यालयप्रतिको विश्वास बढाउँदै गुणस्तरीय र प्रविधिमैत्री...

दुई जनाको मृत्यु

दुई जनाको मृत्यु

बागमती । हेटौँडा उपमहानगरपालिका–१ चौकी टोलमा श्रीमान्को कुटपिटबाट एक महिलाको...

नेप्से परिसूचक नौ दशमलव चौबिस अङ्कले ओरालो

नेप्से परिसूचक नौ दशमलव चौबिस अङ्कले ओरालो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

विदेश पठाइदिने भन्दै करोडौँ ठगी गर्ने सात जना पक्राउ

विदेश पठाइदिने भन्दै करोडौँ ठगी गर्ने सात जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीमा विभिन्न देश पठाउने भन्दै...

सुर्तीजन्य पदार्थमा शतप्रतिशत कर वृद्धि गर्न सरकारलाई सुझाव

सुर्तीजन्य पदार्थमा शतप्रतिशत कर वृद्धि गर्न सरकारलाई सुझाव

काठमाडौ । सुर्तीजन्य पदार्थका कारण बर्सेनि ३९ हजार बढी नागरिकले...