back
CTIZAN AD

के कारण माझी बस्ती निर्माणबाट हात झिकिन् त श्वेताले ?

वि.सं.२०७७ माघ २८ बुधवार

597 

shares

काठमाडौं । २०७२ सालमा गएको विनाशकारी महाभूकम्पका कारण सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी १४ मा रहेको भिमटार माझी बस्ती ध्वस्त भयो । भूकम्पले भत्किएको घरले घाम र पानी छेक्न नसक्ने देखेपछि अभिनेत्री श्वेता खड्का मन कुँडियो । स्वर्गीय श्रीमान श्रीकृष्ण श्रेष्ठ जन्मिएको ठाउँ भएकाले उनले २०७४ सालमा त्यहाँका ५३ घरधुरीलाई नयाँ घर बनाइदिने घोषणा गरिन् ।

श्वेता श्री फाउण्डेशनमार्फत २०७४ जेठबाट एकीकृत माझी बस्ती निर्माण सुरु भएको थियो । २०७५ सालको तिहारभित्र माझी समुदायलाई बस्ती हस्तान्तरण गर्ने योजना अनुसार काम अगाडि बढे पनि अझैसम्म बस्ती निर्माण पूरा भएको छैन । ३५ भन्दा बढी घरमा छानो समेत हालिसकिएको माझी बस्ती तीन वर्षसम्म पनि निर्माण नभइसक्दा अहिले चौतर्फी आलोचना भइरहेको छ ।

यही माघ २० गते श्वेताले फेसबुक एक स्टाटस लेख्दैमा माझी बस्ती निर्माणका लागि सहयोग रकम घोषणा गर्ने दाताबाट सहयोग प्राप्त नभएको र सो बस्तीले ऋण बोकेर बसेको बताएकी थिइन् । तर, यो स्टाटसले उनीमाथि नै प्रश्न सोझ्याएको छ । आफ्नो विवाह र पार्टीमा करोडौं खर्च गरेर माझी बस्ती चाहिँ ऋणमा डुबेर निर्माण रोकिएको भन्नु औचित्यहिन रहेको कतिपयको तर्क छ ।

तर, दुई वर्षदेखि माझी बस्ती ऋणमा डुबेको भन्दै सहयोग मागिरहेकी श्वेताले यो बस्ती निर्माणबाट हात झिकेको खुलासा भएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमान सिंह तामाङले श्वेताले माझी बस्ती निर्माणबाट हात झिकिसकेको बताएका छन् । श्वेताश्री फाउन्डेशनले हात झिकेपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले माझी बस्ती बनाउन थालेको उनले जानकारी दिए ।

श्वेताले भनेजस्तो माझी बस्तीले ऋण बोकेर नबसेको पनि मेयर तामाङले स्पष्ट पारेका छन् । सरकारबाट भूकम्प पीडितले घर बनाउन पाउने तीन लाख, स्थानीय निकाय, जिल्लास्तर लगायतबाट आर्थिक सहयोग प्राप्त भएकाले माझी बस्ती ऋणमा नडुबेको उनको भनाई छ । बस्ती निर्माणका लागि विभिन्न संघ संस्था र व्यक्तिगत रुपमा पनि आर्थिक सहयोग भएको उनले बताए ।

पति श्रीकृष्ण श्रेष्ठको जिल्लामा केही गरेर देखाउने योजनाका साथ नायिका खड्काले माझी बस्ती निर्माणको सुरुवात गरेकी थिइन् । तर, बस्ती निर्माणको केही समयदेखि नै उनले आफू ऋणमा डुबेको बताउँदै आएकी थिइन् । मेयर तामाङको भनाईपछि भने श्वेताले बस्ती निर्माणको नाममा झुट बोलेर पैसा उठाइरहेको आरोप लागेको छ । यद्यपि, यस विषयमा उनले मुख खोलेकी छैनन् ।

वि.सं.२०७७ माघ २८ बुधवार १०:४६ मा प्रकाशित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...

म्याग्दीको सुन्दर गाउँ गुर्जामा  पहिलोपटक चलचित्र छायाङ्कन

म्याग्दीको सुन्दर गाउँ गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

बेनी (म्याग्दी) । धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलोपटक चलचित्रको छायाङ्कन गरिएको...

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

  काठमाडौं । नेपाली चलचित्र बजारमा यसपटक अनपेक्षित रूपमा चलचित्र...

‘लालीबजार’ प्रदर्शनमा

‘लालीबजार’ प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ । उच्च...

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

काठमाडौं । शिक्षक–विद्यार्थी सम्बन्धको भावनात्मक कथावस्तु समेटिएको नेपाली चलचित्र गुरु...

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

काठमाडौं । नेपाली चलचित्र ‘गुरु आमा’ को ट्रेलर सार्वजनिक गरिने...